देशभर कांग्रेस महाधिवेशनको सरगर्मी चलिरहदा ललितपुरमा पनि आगामी नेतृत्वको चर्चा सुरु भएको छ । कांग्रेसको विधान अनुसार लगातार दुई कार्यकाल सभापति भएको व्यक्ति लगातार तेस्रो पटक उम्मेदवार हुन नपाउने भएकोले वर्तमान सभापति मदन बहादुर अमात्य १४ औ महाधिबेशन मा सभापती उम्मेदवार हुन पाउने छैनन78 ।तसर्थ यो महाधिबेशनबाट ललितपुरले नयाँ नेत्रित्त्व पाउने पक्का छ !
आकाङ्क्षी र स्वघोसित सभापति दाबेदार अनुहारहरुमा क्षेत्र न ३ बाट महासमिती सदस्य भयका जितेन्द्र कुमार श्रेष्ठ, संबिधान सभा सदस्य रामकृष्ण चित्रकार, क्षेत्र न १ बाट महासमिती सदस्य मिनकृष्ण महर्जन, छेत्रीय सभापती गजेन्द्र महर्जन, महासमिती सदस्य प्रकाशनन्दन जोशी, ललितपुरका पुराना नेता मथुरा प्रशाद घिमिरे जस्ता ब्यक्तिहरु चर्चामा देखिन्छन !
यि राजनीतिक ब्यक्तित्वहरुको आफ्नै आफ्नै छबी र आफ्नै परिचय भयपनी जनमानसमा निस्ठाको राजनीतिक छबी बनायका ईमान्दार नेता जितेन्द्र श्रेष्ठलाई ज्यादा लोकप्रिय नेता मान्न सकिने ललितपुरका कांग्रेसी कार्यकर्ताहरुको बुझाई देखिन्छ !

तेह्रौ महाधिवेशनमा पराजित भएका जितेन्द्र कुमार श्रेष्ठले १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवारी दिने निस्चित देखिन्छ । २०५० सालमा कांग्रेसको क्रियाशिल सदस्य, २०५०देखी २०५२सम्मको इकाई सभापति, २०५२ सालमा क्षेत्रीय कोषाध्यक्ष, २०५७ सालमा क्षेत्रिय सचिव र महाधिवेशन प्रतिनिधिमा निर्वाचित थिए उनी ! ११ औं महाधिवेशनबाट ललितपुरको सभापति भएका चन्द्र महर्जनको कार्यकालमा मनोनित कोषाध्यक्ष समेत भएका जितेन्द्र कुमार श्रेष्ठ आफू सभापति भए ५ वर्षसम्म कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने र पार्टीका सबै साथीहरुलाई अवसर दिएर आफू जिताउनका निम्ती लागिपर्ने र पार्टीलाई विधि, पद्धति अनुसार सञ्चालन गर्ने, पार्टीका हरेक क्रियाकलापहरुको दस्तावेजिकरण गर्ने उनको भनाई रहेको छ !



