19.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

माधव नेपाल बालुवाटार,ओली आक्रोशित

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेतासँगको सामिप्यता ओलीलाई मन परेको छैन। शनिबार गठबन्धनको बैठकमा बालुवाटार गएपछि छलफलको वातावरण अझै विग्रिएको ओलीनिकट एक स्थायी कमिटी सदस्यले बताए।

‘हामीले जोड गरेर मिलाउन खोजेको हो। भेट मिलाउन खोज्यो माधव कमरेड गठबन्धनको बैठकमा गइदिनुहुन्छ। म उहाँलाई भेट्न १० पटकसम्म बाहिर गए। तर एकपटक बालुवाटार आउन मान्नुभएन भनेर ओली कमरेडलाई झोक चलिरहेको छ,’ ओली निकट ती स्थायी कमिटी सदस्यले भने, ‘माधव कमरेड त बालुवाटार भन्यो बालुवाटार बुढानिलकण्ठ भन्यो बुढानिलकण्ठ जानुभएको छ। अब भन्नुस न मिलाउनलाई कति गाह्रो छ। साह्रै दिक्क बनाएका छन्। भेटघाट त कहिले हुन्छ थाहा भएन। हामी त नथाकिकन लागेका छौ।’

पार्टी एकताका लागि गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको भए पनि त्यसलाई वरिष्ठ नेता नेपालले स्वीकारेका छैनन्। नेपाल पक्षले ओली र नेपालका बीचमा सहमति गरेर त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने प्रस्ताव गरेको छ।

तर ओलीले एकतर्फी रुपमा १० बुँदेलाई स्वीकार गरेर कार्यदल विघटन गर्दिएका छन्। स्रोतकाअनुसार नेपालले पार्टीभित्रको शक्ति बाँडफाटमा समेत सहमति खोजेका छन्। उनले सहमतिका आधारमा पार्टीका निर्णय गर्नुपर्ने अडान लिएको स्रोतको दाबी छ।

माधव नेपाल बालुवाटार,ओली आक्रोशित

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar