18.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

कसैको पक्ष र विपक्षमा उभिन नियत र नैतिकताले दिएन : रेशम चाैधरी

जसपा आधिकारिता विवादमा केन्द्रीय कार्यकारिणी सदस्य एवं निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । उनले आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको बताए । 

आयोगबाट बाहिरिँदै उनले भने,’आज जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन । मेरो लागि पक्ष र विपक्ष दुवै जसपा हो 

उनले कुनै एक पक्षले बाजी मार्ला र कोहीले हारेपनि जिन्दगीभर कमाएको निष्ठाको लागि महन्थ ठाकुरप्रति भीष्म पितामहको दर्जा कायम गरिदिन पनि आग्रह गरेका छन् । उनले पार्टी एक हुनुपर्छ भन्ने धारणा राख्नुपर्ने बताए ।

५१ सदस्यीय जसपा केन्द्रीय कार्यकारिणी सदस्यमा ३४ जनाले अध्यक्ष उपेन्द्र यादवको पक्षमा खुलेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जना र चौधरी तटस्थ बसेका हुन् ।

जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको थियो ।

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar