नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नै दलका नेताले ठूलाठूला कुरा गरेको आरोप लगाएका छन् ।
आफ्नै दलका नेताकै कारण एमाले प्रतिपक्षमा पुगेको भन्दै पोखरेलले सामाजिक सञ्जालबाट आक्रोश पोखेका छन्।
‘चुनावी घोषणापत्र र जनताबीच गरिएका वाचा कबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको नेपाली कांग्रेसलाई सत्ता सुम्पने ठूला नेताका कुरानै ठूला ।’फेसबुकमा उनले लेखेका छन् ।




