मंगल थापा
खसआर्यको बढी बहुल्यता भएको इमाडोलमा बोझेपोखरी, अशोक स्तुपा, गणेशमन्दिर ,कृष्णमन्दिर, सिङ्गारी पाटी, धर्मेश्वर महादेवलगायतका धार्मिक तथा पर्यटकीय स्थल रहेका यहाका जनता सेना,प्रहरीको जागीरलाई पहिलो प्राथमिकतामा राख्छ्न भने राजनितिमा भने त्यति पहुँच राखदैन यस गाविसको नाम किंवदन्तीअनुसार धेरै पहिले यस क्षेत्रमा मरेका जीवजन्तुहरूको सिनो फाल्ने वा गाड्ने चलन थियो । यही सिनोका लागि यहाँ चिल तथा गिद्धहरूको ओइरो लाग्ने गर्थे त्यसैले नेवारी जातिमा चिललाई ‘इमा’ भनिन्छ । त्यसैले, इमा आएर बस्ने गहिरो भूभाग भएकाले यस ठाउँको नाम ‘इमाडोल’ रहन गएको स्थानीय बुद्धिजीवीहरू बताउँछन् ।

स्थानीय भाषामा यस क्षेत्रलाई मट्टार पनि भनिन्छ । पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा यस क्षेत्रमा मोती बर्सिन्थ्यो भन्ने भनाइ छ । मोती बर्सने कारणले यसको नाम मोतीटार रहन गयो । यही मोतीटार अपभ्रंश हुँदै हाल मट्टार भएको भन्ने बूढापाकाहरूको भनाइ छ । यो मोती बर्सने ठाउँ भने अहिले टीकाथली गाविसमा पर्छ । स्थानीय रूपमा यहाँका बासिन्दालाई ‘इमाडोले’ भन्दा मट्टार शब्दले सम्बोधन गर्ने गरिन्छ ।

उपत्यकाभित्र चक्रपथबाहिरका स्थानमा आकर्षित मेरो इमाडोल करिब सात बर्ष अगाडि सम्म तुलनात्मक रूपमा शान्त र भीडभाडमुक्त तथा स्वच्छ वातावरण सहित रहेको इमाडोल आज ७७ जिल्लाका बसाइ सराइ गरि आउनु हुने नब आगन्तुकहरुका लागि शान्त वातावरण तथा सुलभ मूल्यमा घरघडेरीहरू खोज्ने ग्राहकका लागि ललितपुर जिल्लाको महालक्ष्मी नगर आकर्षणको केन्द् बन्न थालेको छ । सोहीकारण इमाडोलको जनसङ्ख्या तथा घरधुरी सङ्ख्या विगत ७ वर्षको अवधिमा १० औ गुणा वृद्धि भएको छ! इमाडोलको पूर्वमा साबिक टीकाथली र सिद्घिपुर गाविस, पश्चिममा ललितपुर उपमहानगरपालिका, उत्तरमा काठमाडौं महानगरपालिका र दक्षिणमा हाल ललितपुर उपमहानगरपालिका साबिक (हरसिद्दी)गाविस रहेका छन् । यस इमाडोल पूर्वउत्तर कुनासँग मध्यपुर ठिमी नगरपालिका पनि जोडिएको छ । तीन नगरपालिकाले घेरिएर रहेको इमाडोल आवासका लागि उपत्यकामा नै उत्कृष्ट स्थान हो्ललितपुर जिल्लाकै प्रमुखमध्येको एक बजार मङ्गलबजारबाट इमाडोलसम्मको दूरी तीन किलोमिटर रहेको छ । ग्रामीण परिवेशसहितको यो क्षेत्रमा सडक, बिजुली, पानी, अस्पताललगायतका सम्पूर्ण सुविधा उपलब्ध रहेको छ ।

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका भित्र पर्ने यो ठाउँ अहिले इमाडोलको (महालक्ष्मी नगरपालिका वडा नं १,२,३, र ४) मा बस्ती विस्तारले तीव्रता पाएको छ । वडा नं २ लाई कोटेश्वर र बालकुमारी, र वडा नं १ लाई ग्वार्कोले चक्रपथनजिक बनाएका कारण पनि यी वडाहरूमा बस्ती विस्तार तीव्र भएको छ मुख्यसडक (कालोपत्रे) रिङरोड ग्वार्कोदेखि वडा नं १,२,३,४ केरूसम्म १४ देखि १६ फिट चौडाइ रहेको सडक विस्तार भएको छ । साथै भित्री सडकहरूको सम्पुर्ण भाग कालोपत्रे तथा ढलान भएको छ।
इमाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत अधिकांश वडामा करीब ३० फिट गहिराइमा पानी उपलब्ध हुने हुदा डीप बोरिङका माध्यमबाट खानेपानी सुविधा उपलब्ध छ सार्वजनिक ठाउँ तथा केही वडामा घरहरूमा धारा जडान गरी खानेपानी सेवा उपलब्ध छ्न बाकी वडामा बिस्तारित हुदैछ तीनओटा सरकारी तथा १६ ओटा निजी विद्यालय इमाडोल गाविसमा सञ्चालनामा छन् । त्यसमध्ये निजीमा ६ ओटा माध्यमिक विद्यालय, दुई निम्न माध्यमिक, सातवटा प्राथमिक विद्यालय र एउटा उच्च मावि रहेका छ्न त्यस्तै सरकारी विद्यालयमा दुईओटा उच्च मावि र एउटा प्रावि रहेका छन् ।

त्यस्तै नेशनल कलेज , कोरियन कलेज तथा इञ्जिनीयरिङ कलेज वडा नं ३ मा रहेका छन् ।अहिले यस क्षेत्रमा उद्योग स्थापना हुने क्रम पनि बढ्दै गएको छ । हाल यस इमाडोलमा इँटाभट्टा, पाइप उत्पादन र कपडा, धागो, प्लाष्टिक, इन्भर्टर उत्पादन , कुटानी पिसानी मिल उद्योग सञ्चालित छन् ।प्रसस्त सहकारी दर्ताका साथै १० भन्दा बढी संख्यामा बैङ्कले शाखा विस्तार गरेका छ्न स्वास्थ्योपचारका लागि किष्ट हस्पिटल, किष्ट मेडिकल कलेज, हेल्थपोष्ट र केही पोलिक्लिनिक तथा औषधि पसल रहेका छन् ।




