17.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

महालक्ष्मी नगरपालिका भित्रका सडक धराप हुन कि पासो ?

प्रकाश पराजुली

चुनावको मुखमा नेता गाउँ जाने र असार मसान्तमा बिकासे बजेट खर्च गर्ने परम्परा नेपालको लागि कुनै नौलो होईन !
घरमा बसेर कमिसन तन्त्रमा लतमन्न परेको सिंगो राज्य प्रणालीकै खिसिट्युरी गरिरहनु भन्दा ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका भित्रका सडकको बाटो गरी यो समयमा एक पटक ओहोर दोहोर मात्र गर्नुभो भने तपाईंलाई देसको प्रतिनिधि अवस्था जाहेर हुनेछ !

कार्यालय जान हिंडेका कर्मचारी र रोपाई हिंडेका किसान छुट्याउन सकिदैन सडकको हिलोले, दैनिक सयौ मोटर साइकल र गाडी सडकमा फसेर घन्टौ जाम भयको सडकको रमिते बाहेक केही बन्न सकेको छैन स्थानिय सरकार !

यस्तै ज्वलन्त उधारणका रुपमा महालक्ष्मी नगरपालिकाकै पर्यटकिय आधार भनियको वडा न ३ को बोजेपोखरी आसपास यरियाका सडकलाई लिन सकिन्छ ! महिना दिन देखी बिग्रेको सडकको अवस्था र सर्बसाधारणको आवागमनमा भैरहेको कठिनाई प्रती सम्बन्धित निकाय मौन देखिन्छ !

दैनिक यो कठिनाई भोगिरहेका त्यहाका जनता भन्छन -“सम्बन्धीत नीकायको अपारदर्सी योजनाले हो की ध्यान नपुगेको हो जनताले जहीले पनी दु:ख नै पाउनु पर्ने भो“

यस्तो समस्या वडा न ३ मा मात्र नभयर वडा न ४ का बासिन्दाले पनि भोगिरहेका छन ! कृष्ण मन्दिर देखी पवनप्रकिर्ती स्कुल सम्मको मुल सडकलाई हेर्ने हो भने पनि सडक भरी खाल्डा खुल्डी र अब्यबस्थित निर्माण सामग्रीको चाङले सडक सडक हैन पासो भयको गुनासो गर्छन् त्यहाका स्थानिय बासिन्दाहरु !
बिकासको नाउमा कतै निकास छेकियका छन निर्माण सामाग्रीले भने कतै पानी जमेका गहिरा खाल्डा खुल्डी धराप बनेका छन बच्चा बच्ची बुढा बुढी र सवारी चालकहरुका लागि !
यो अवस्था कहिले सम्म भोग्नुपर्ने हो ? कि हुटिट्याउले आकाश थाम्ला भनेर आकाश हेरेर बस्नुपर्ने हो ?
सम्बन्धित नीकायको ध्यान जाओस !

साउन ५

रिपोर्टर

1 COMMENT

  1. Mahalaxmi imadol2 ko pane report banana paryo .balkimari ring road join garna pool na banako pane 1.5yrs vana da Dharai vaisakyo kunai matalaba nai chaina

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar