15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

बलिउड अभिनेता दिलिपकुमारको ज्यान लिने प्रोस्टेट क्यान्सर के हो ?

भारतीय अभिनेता दिलिपकुमारको मंगलबार निधन भएको छ । उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनमा एडभान्स्ड प्रोस्टेट क्यान्सर थियो र यो शरीरका बाँकी अंगमा फैलियो । यहीकारण उनको प्यूरल क्याविटीमा पानी भरिएको थियो, जसलाई धेरैपटक निकालियो पनि । तर यसका बाबजुद उनको किड्नी फेल भयो । एडभान्स्ड प्रोस्टेट क्यान्सर के हो र यसका बिरामीहरुले के कुरामा ध्यान दिनुपर्छ ? पुरुषको युरिनल ब्लाडरको तल्लो हिस्सामा कागती आकारको ग्ल्यान्ड हुन्छ । यसलाई प्रास्टेट ग्ल्यान्ड या पीयूष ग्रन्थी पनि भनिन्छ । पूरुषको उमेरसँगै यस ग्ल्यान्डको आकार पनि बढ्न थाल्छ ।  यदि यसको आकार सामान्यभन्दा धेरै भयो भने सोच्न जरुरी छ । प्रोस्टेट क्यान्सरका दुई स्टेज हुन्छन् ।

पहिलो : अर्ली स्टेज, जसमा क्यान्सर पत्ता लगाएर रेडिएशन, एन्ड्रोजन डिप्राईवेशन थेरापी र सर्जरीको सहयोगले यसको उपचार संभव हुन्छ । अर्को, एडभान्स्ड स्टेज : जहाँ उपचार थोरै मुस्किल हुन्छ । यसमा रेडिएशन, एन्ड्रोजन डिप्राईवेशन थेरापी र सर्जरीको सहयोगले केवल राम्रो गुणस्तरको जीवन दिन सकिन्छ । 

लक्षण 
पिसाब गर्न रोकावट महसुस हुन्छ । 
बारम्बार पिसाब आउँछ । 
बिरामीको हड्डी, कम्मरमा दुखाई पनि हुनसक्छ । 
तर, यी कुनै पनि लक्षण प्रास्टेट क्यान्सरकै विशेष लक्षण भने होइनन् किनकी अन्य रोगका बिरामीमा पनि यस्ता लक्षण देखिन्छन् । यस क्यान्सरका कारण वीर्यमा पनि रगत देखिन्छ । 

कसलाई धेरै खतरा ?

उमेर बढेसँगै प्रोटेस्ट क्यान्सर हुने सम्भावना पनि बढ्न थाल्छ । प्रायजसो पुरुषहरूमा ५० वर्षको उमेरपछि प्रोस्टेट क्यान्सरको लक्षण देखिन्छ । औसत रुपमा प्रोस्टेट क्यान्सर हुने उमेर ६५ साल देखिएको छ ।  ४० वर्षभन्दा कम उमेरका रुपमा दुर्लभ रुपमा मात्रै यो रोग देखिन्छ । 

कसरी पहिचान गर्ने 
५० वर्षभन्दा माथिको उमेरका पुरुषले पिएसए अर्थात् प्रोस्टेट स्पेसिफिक एन्टिजन परीक्षण गराउन निकै जरुरी हुन्छ । यसमा रगत परीक्षण गरिन्छ । यदि पिएसएको भ्यालु बढ्यो भने प्रोस्टेट क्यान्सर हुने सम्भावना हुन्छ । 

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar