9.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

महाधिवेशनको तयारीमा जुटेका सिटौलाले भने- स्वाभाविक सभापतिको उम्मेदवार हुँ

कांग्रेस नेता रामजी कुँवरको निधनपछि थापा पोखरामा रहेका छन् भने पौडेल भने क्रियाशील सदस्यता छानविन समितिको काममा व्यस्त भएकाले छलफलमा सहभागी नभएको बुझिएको छ ।

काँग्रेस वर्तमान सभापति शेरबहादुर देउवासहित करिब आधा दर्जन नेताहरुले सभापतिको दाबेदारी प्रस्तुत गरेपछि सिटौला पनि तातेका छन् । यसअघि पनि सिटौलाले आन्तरिक छलफल गरेका थिए ।

सिटौलाले सार्वजनिक रुपमा सभापतिमा दाबेदारी प्रस्तुत नगरे पनि आन्तरिक रुपमा भने आफू स्वभाविक सभापतिको उम्मेदवार  रहेकोे बताउँदै आएका छन् ।

सिटौलाले १४ औं महाधिवेशनमा पनि आफ्नोलाई एकीकृत राखेर अगाडि बढ्ने रणनीति बनाएको देखिन्छ । यद्यपि, गगन र प्रदीप देउवा भर्सेस संस्थापन इत्तर पक्षको मोर्चा बनाउनुपर्नेमा जोड दिरहेको देखिन्छ । तर, अन्य नेताहरु भने सभापति देउवासँगको सहकार्यमा जोड दिइरहेको पाइन्छ ।

आजको छलफलमा सिटौलाले आफू सभापतिको उम्मेदवार भएको भन्दै महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिएको एक नेताले बताए । 

सिटौलाले भने, ‘म सभापतिको स्वभाविक उम्मेदवार हो । १३ औं महाधिवेशनभन्दा यतिबेला हाम्रो क्षमता​ पनि बढेको छ । साथीहरु महाधिवेशनको तयारीमा लाग्नुस् ।’

सम्पर्क कार्यालय खोलेर आन्तरिक तयारीमा जुटिसकेकाले सभापतिको उम्मेदवार होइन कि भनेर नबुझ्न आग्रह गरेका थिए ।

छलफलमा सहभागी हुमागाईले भने, ‘महाधिवेशनमा जुट्न हामीलाई आग्रह गर्नुभयो । पार्टीको महाधिवेशन यस पटक नयाँ ढंगले हुन लागेकाले हामी सबैलाई गाउँ गाउँमा जान पनि भन्नुभयो ।’

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar