9.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

पोस्टमार्टमबाट खुलेन सुजिता भण्डारीको मृत्युको कारण, अब भिसेरा परीक्षण गरिँदै

चिवतन राप्ती नगरपालिका-३ की भण्डारी असार ११ गतेदेखि हराइरहेकी थिइन्। उनको शव राप्ती नगरपालिका-३ को ब्रह्मस्थली सामुदायिक वनमा आइतबार साँझ फेला परेको थियो। निगुरो र च्याउ टिप्न गएका स्थानीयले भण्डारीको शव देखेका थिए। नचिनिने खालले सडेको शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

भण्डारीको घरबाट ३० मिनेट गाडी चढेपछि ३० मिटरजति पैदल हिँडेर शव भेटिएको जंगल पुगिन्छ।

खबर पाएपछि आइतबार नै प्रहरी टोली घटनास्थल पुगेको थियो। सोमबार मुचुल्का उठाएर जिल्ला प्रहरी कार्यालय चितवनको टोली राजमार्गसम्म आइपुगेको थियो। तर स्थानीयले अवरोध गरी प्रहरी टोलीलाई राजमार्गमै छेके। प्रहरीले घटनाको सत्य-तथ्य सार्वजनिक गर्ने सर्तमा स्थानीयलाई सहमतिमा ल्याएर शव परीक्षण गर्न काठमाडौं पठाउने निर्णय गर्‍यो। भण्डारीको शव मंगलबार बिहान ११ बजे शिक्षण अस्पताल ल्याइएको थियो।

प्रहरीले सुजिताको शव भेटिएको स्थानबाट करिब ५० मिटर तल उनको मोबाइल सेट फेला पारेको छ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले शव प्राप्त भएको स्थानमा मंगलबार खोजी गर्दा सिमकार्ड नभएको मोबाइल सेट फेला परेको बताए।

‘भिरको खोल्सोमा शव भेटिएको थियो, त्यो खोल्सोबाट तल-तल माटो, ढुंगा, गिट्टी पन्छाउँदै खोजी गर्दा पुरिन लागेको अवस्थामा मोबाइल भेटियो,’ उनले भने, ‘यसले पनि हामीलाई अनुसन्धानमा सघाउने छ।’

एसपी अधिकारीले सुजिताले आफू अपहरणमा परेको जानकारी परिवारका सदस्यलाई गराएको कुरा मिडियामा आएको र आफूहरूलाई पनि जानकारी गराएको भए पनि अहिलेसम्म पुष्टि हुन नसकेको बताए।

‘अपहरण नै रहेछ भने पनि त्यो सामान्य रूपमा देखिने खालको अपहरण नहुन सक्छ तर हामीले अहिलेसम्म उनले परिवारका सदस्यलाई अपहरणबारे जानकारी गराएको ठोस प्रमाण पाएका छैनौं,’ उनले भने, ‘अनुसन्धान चलिरहेकाले कुरा के हो अहिल्यै भन्न सकिन्नँ।’

असार ११ गते बिहानै घरबाट निस्किएकी सुजिताले दिउँसो दिदी कवितालाई आफू अपहरणमा परेकाले बचाउन आग्रह गरेको परिवारका सदस्यहरूले बताउँदै आएका छन्।

भण्डारीको शव भेटिएपछि स्थानीयले राजमार्गमा अवरोध गरेर शवलाई पोस्टमार्टममा लैजान दिएका थिएनन्।

सोमबार ८ घन्टाभन्दा लामो अवरोधपछि प्रहरीले शवलाई काठमाडौं पठाएको थियो। मंगलबार पनि स्थानीयले राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा प्रदर्शन गरेका थिए।

प्रदर्शनले उग्र रूप लिने देखेपछि जिल्ला प्रशासनले राप्ती नगरपालिकाको लोथरपुलदेखि डडुवासम्मको राजमार्ग क्षेत्रमा २४ घन्टाका लागि लामो दुरीका यातायातका साधन मात्रै चल्ने गरी ‘कर्फ्यू’ आदेश जारी गरेको छ।

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar