नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव निर्बाचित पदाधिकारीको पहिलो बैठकमा उपस्थित भयका नेता थापाले निर्बाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै सो कुरा ब्यक्त गरेका हुन !
१४ औ महाधीबेसनमा नगर सभापतिका उमेद्वार शुशिल खड्का ले उक्त कार्यक्रमबाटै नयाँ सिराबाट ईमाडोल कांग्रेसलाई अघी बढ्न शुभकामना दिनुका साथै आफुलाई नगर सभापतिमा निर्बाचित गराउन सबैलाई अपिल समेत गरेका छन !

निर्बाचित सभापति प्रकाश पराजुलीले अबको स्थानिय निर्वाचन कांग्रेसको पकडमा पार्न सबै एकजुट भयर नयाँ रणनितिका साथ अघी बढ्ने प्रतिबद्दता ब्यक्त गरेका छन !
बैठकले वडा कोसाध्यक्षमा सुधन पौडेललाई चयन गर्नुका साथै ९ सदस्यिय सल्लाहकार समिती समेत निर्माण गरेको छ !
सल्लाहकार समितिमा राम बहादुर बिष्ट,पुष्पराज खत्री, सम्भु प्रधान, सुनिल पोखरेल, दिपक अधिकारी, मनोहर कार्की, तारा बहादुर थापा,महेश्वर रोक्का र राजु के सि रहेका छन !

कार्यक्रममा प्रजातान्त्रिक महासंघ ललितपुरका कोसाध्यक्ष मंगल थापाले वडा न ३ का नब निर्बाचित सभापति सचिन घिमिरेलाई उपत्यकाकै कान्छो सभापति भयकोमा बधाई समेत् दियका छन ! घिमिरे २३ बर्षको उमेरमा महालक्ष्मी ३ बाट सभापतिमा सर्बसम्मत चयन भयका हुन !
तीन दर्जन बढी कांग्रेसी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा सबैले आफ्नो आफ्नो बिचार समेत् राखेका थिय !





