अल्पमतमा परिसकेको वाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शाक्यले बुधबार दिउँसो ६ जना मन्त्री र ४ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
केशवराज पाण्डे भौतिक पूर्वाधार, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी समाजिक विकास, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य, डा. अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा योजना, चन्द्र लामा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा नियुक्त भएका छन् ।




