गजल
रातो भयर मात्र पुग्दैन रगत भन्ने कुरा !
एैनाले बताउछ सहि र गलत भन्ने कुरा !
को को महाजन हुन,को को बलवान हुन ?
समयले गराउछ सबै अवगत भन्ने कुरा !
दिनभर तिमी चिच्यायर केही हुँदैन भाई
रातमा पो हुन्छन सबै हर्कत भन्ने कुरा !
तिम्रो मुटु छामेपछी जानेँको हुँ बल्ल मैले
कती कठोर हुन्छ चट्टान,पर्बत भन्ने कुरा ?
उनको यादमा डुब्नु अनी शराबमा झुम्नु
यि दुई बाहेक छैनन मेरा आदत भन्ने कुरा !!
अर्जुनराज भण्डारी




