15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

कांग्रेसमा उम्मेदवारी होड

कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवा आफैं अघि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई एक जनामात्र उम्मदेवार अघि सार्न दबाब परेको छ । पार्टी र सत्ताको केन्द्रमा रहेका देउवालाई विभाजित भएर हराउन नसकिने निष्कर्षका साथ बुधबार बसेको पौडेल पक्षको बैठकमा सभापतिका लागि एकमात्रै उम्मेदवार बनाउन दबाब परेको हो ।

यो समूहमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला मुख्य आकांक्षी छन् । उनीहरूमध्ये एक जनालाई साझा उम्मेदवार बनाउन पौडेल पक्षको बैठक केही दिनदेखि निरन्तर बसेको थियो । महाधिवेशनमा कसलाई उम्मेदवार बनाउने भन्नेमा समझदारी नजुटे पनि बिहीबार सभापतिसहित सबै पदाधिकारीमा एकमात्रै टिम घोषणा गर्ने सार्वजनिक प्रतिबद्धता भने पौडेल पक्षले गर्ने भएको छ ।

महाधिवेशनको प्रक्रिया सुरु हुनु एक दिनअघि देशभरका कार्यकर्तालाई सकारात्मक सन्देश दिन पौडेल पक्षले सभापतिसहित पदाधिकारीमा एकमात्रै टिम घोषणा गर्ने प्रतिबद्धता सार्वजनिक गर्न लागेको हो । त्यसका लागि बिहीबार २ बजे पौडेल पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित सबै केन्द्रीय सदस्यलाई पार्टी कार्यालयमा बोलाइएको छ । नेता बलबहादुर केसीका अनुसार मुख्य चार आकांक्षीसहित टिमका सबै नेताहरूबीच सभापति र सम्पूर्ण पदाधिकारीमा एउटै टिम घोषणा गर्ने सैद्धान्तिक समझदारी जुटेको छ ।

‘सकभर व्यक्तिमै समझदारी जुटाएर घोषणा गर्न सकिन्छ कि भन्ने प्रयास थियो, त्यो ठाउँमा हामीहरू आइसकेका छैनौं,’ केसीले भने, ‘पार्टी र सत्ताको केन्द्रमा बसेका देउवालाई हराउन एक जनामात्रै उम्मेदवार बनाउनुपर्छ भन्नेमा सहमति भने बनेको छ ।’ उनले देशव्यापी सन्देश दिनका लागि पनि आफूहरूले एउटै टिम बनाउने सार्वजनिक प्रतिबद्धता गर्न लागेको बताए । शुक्रबारदेखि कांग्रेसको वडा तहको अधिवेशन सुरु हुँदै छ ।

कांग्रेसमा उम्मेदवारी होड

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar