15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

टुंगियो कांग्रेस सदस्यता विवाद, महाधिवेशनका लागि ढोका खुला

१४ औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले डेढ वर्ष लगाएर बल्ल क्रियाशील सदस्यता टुंगो लगाएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले सदस्यताका विषयमा देखिएका बाँकी विवादलाई सोमबार टुंगो लगाएर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको हो । यससँगै कांग्रेसको क्रियाशील सदस्यताको विवाद किनारा लागेको छ ।

कांग्रेसले १३ माघ, ०७६ मा पहिलो पटक महाधिवेशनको कार्यतालिका ल्याउँदा चार महिनाभित्र अर्थात् ०७७ जेठ मसान्तभित्र क्रियाशील सदस्यताको टुंगो लगाउने मिति तोकेको थियो । तर, त्यसको १५ महिना ढिला गरी सदस्यताको टुंगो लगाएको हो । यसबीचमा सदस्यताकै कारण तीनपटकसम्म तोकिएको मितिमा महाधिवेशन हुन सकेन भने नेताहरूले त्यस्तो कार्यतालिकामा दर्जनौँ पटक हेरफेर गरे । त्यसो त कांग्रेसले सदस्यताकै विषयमा यति लामो समय खर्चिएको यो पहिलो पटक होइन ।

हरेक महाधिवेशनमा कांग्रेसमा क्रियाशील सदस्यताको विवाद हुन्छ । नेताहरूबीच त्यही विषयमा रस्साकसी पर्छ । १३ औँ महाधिवेशनमा पनि नरहरि आचार्य नेतृत्वको समितिले छ महिना लगाएर छानबिन गर्दा समेत ५० हजार सदस्यको सदस्यता विवाद टुंगो लाग्न सकेको थिएन । अहिले पनि दुई सयभन्दा धेरै वडामा विवादकै कारण नयाँ सदस्यता वितरण रोकिएको छ । क्रियाशील सदस्य नै कांग्रेस महाधिवेशनका मतदाता हुन् ।

टुंगियो कांग्रेस सदस्यता विवाद, महाधिवेशनका लागि ढोका खुला

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar