कोरोना महामारीसँगै थला परिरहेको नेपाली सिने क्षेत्रमा एउटा नौलो प्रयोग स्वरुप चलचित्र ‘एक’ले भने ‘डिजिटल रिजिल’को प्रयास थालेको छ। महामारीका कारण दुई वर्षदेखि सिनेमा हलहरू बन्द छन सिने उद्योग नै धरापमा परिरहेको यो अवस्थामा स्पाई थ्रिलर जनर’को यो चलचित्रलाई डिजिटल प्लेटफर्म मार्फत सार्वजनिक गरेर रिक्स लिन तयार भयको छ !
चलचित्र ‘एक’को डिजिटल (मोसन) पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ। नेपाली चलचित्र क्षेत्रमा सम्भवत: यो पहिलो नयाँ प्रयोग हो।
मनोज पण्डितको निर्देशन रहेको चलचित्र आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्महरूमार्फत प्रदर्शन हुनेछ।
यसअघि नै चलिचत्रको ‘तड्का-तड्का’बोलको गीत सार्वजनिक भइसकेको छ।
‘अब हरेक कुराको डिजिटल युग सुरू भइसकेको छ। ‘विश्वका धेरै ठूला सिनेमा उद्योगहरू पनि डिजिटल प्रमोशनमा गइसकेका छन्’ निर्देशक मनोज पण्डित भन्छन् ‘अब नेपाली सिनेमा क्षेत्रमा पनि यसको विकल्प छैन। कसै न कसैले त सुरुवात गर्नैपर्थ्यो। यो रिस्क चलचित्र ‘एक’ मार्फत हामीले लिएका छौं।’
खासगरी नेपाली राजनीतिमा हुनै विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको ‘प्लट’मा बुनिएको चलचित्र ‘एक’को मुख्य भूमिकामा विशाल पोख्रेल छन्।
उनले यो सिनेमामा एक गुप्तचरको भूमिका निभाएका छन्। खासगरी राजनीतिमार्फत देशविरुद्ध लाग्नेहरू विरुद्ध उनले गरेको संघर्षको कथा चलचित्र ‘एक’ले बोकेको छ।
यो कथा खासगरी मधेस मुद्दामा केन्द्रित छ। तर चलचित्रको छायांकन भने मधेसका फाँटदेखि डोल्पाका हिमाली भेगसम्ममा गरिएको छ।
गुप्तचर अधिकारीको भूमिकामा देखिएका विशालले चलचित्र एकलाई आफ्नो सिनेमा करिअरको ‘दोस्रो र निकै चुनौतीपूर्ण इनिङ्स्’का रुपमा लिएका छन्।
यसअघि ग्रेटर नेपाल, दासढुङ्गा, वधशालाजस्ता चर्चित राजनैतिक सिमानहरू बनाइसकेका निर्देशक पण्डितका अनुसार यो सिनेमा ‘एक’ पण्डितको सातौं चलचित्र हो।
राजनीतिक परिचक्रभित्र घुमेको यो चलचित्र एक्सनले पनि भरिपूर्ण छ। चलचित्रमा एक्सन निर्देशन प्रमोद खड्काले गरेका छन् भने अर्को मुख्य भूमिकामा प्रमोद अग्रहरि पनि छन्।
स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेको चलचित्र ‘एक’मा बालकलाकारको भूमिकामा विश्वंत पोखरेल देखिएका छन्।



