लामो समय देखी अस्ट्रेलियाको मेल्बर्न शहरमा बस्दै आयकी अन्जु अधिकारी स्वास्थ्य क्षेत्रमा काम गर्नुका साथै साहित्य र सङ्गीत क्षेत्रमा पनि निकै रूचीकर छिन !
उनले यो बर्षको हरितालिका तीजलाई बिषेश महत्व दिदै आफ्नै शब्दमा ( नाचौ साथी हो…) बोलको नयाँ तीज गीत बजारमा ल्यायकी छिन ।
गीतमा गायिका मेलिना राईको स्वर छ भने भिडियोमा प्रमुख कलाकारको भुमिकामा अन्जु स्वैमले अभिनय गरेकी छिन। बिन्ध्यावासीनी म्युजिक कम्पनीले आफ्नो आधिकारिक युटुब च्यानल मार्फत गीत सार्वजनिक गरेको छ ।
आफ्नो मातृभूमिलाई छोडेर परदेशी हुनुको पिडा र परदेश पुगेर पनि त्यहाँ हुने बिभीन्न आरोह अवरोह बीचको शङ्घर्षलाई गीतले प्रस्ट पार्न खोजेको छ । आफ्नो देशको कला र संस्कृतिलाई जोगाई राख्नुपर्दछ भन्ने सकारात्मक सोच बोकेर अगाडि बढिरहेकी अन्जु अधिकारी शुभकामना !
अन्जु अधिकारीको नाचौ साथी हो डिजिटल बजारमा



