अफगानिस्तानको अर्थतन्त्र ‘नाजुकता र सहायता निर्भरता’ द्वारा आकृत छ। तालिबानको अधिग्रहण हुनुभन्दा धेरै महिना पहिले विश्व बैंकले तय गरेको यो चिन्ताजनक अवधारणा हो।
आर्थिक सम्भावनाहरु अब झनै अनिश्चित देखिन्छन्, किनकी भविष्यको वित्तीय सहायता अनिश्चितताको बादलको घेरा भित्र छ।
अफगानिस्तानमा पर्याप्त खनिज संसाधन छन्, तर राजनीतिक परिस्थितिले उनीहरुको शोषणमा बाधा पुर्याएको छ।
सहायता निर्भरता चरम विन्दुमा छ। सन् २०१९ मा विकास सहायता कुल राष्ट्रिय आम्दानीको २२ प्रतिशत बराबर रहेको विश्व बैंकको तथ्यांकले देखाउँछ। यो एकदम उच्च तथ्यांक हो, तर विश्व बैंकद्वार १० साल पहिले रिपोर्ट गरेको ४९ प्रतिशतभन्दा निकै कम हो।
अब त्यो सहायता प्रवाह गहन अनिश्चिताको बादलको घेरा भित्र छ। जर्मन विदेश मन्त्री हाइक मासोले जेडडीएफ प्रसारणकर्तामा बताएका थिए, ‘मुलुकलाई तालिबानले अधिग्रहण गरे हामी एक सेन्ट पनि दिँदैनौँ’ र शरिया कानून जारी गरे।
अन्य दातृ मुलुकहरुले पनि विकास कार्यलाई नजिकबाट नियाल्ने निश्चित छ।
भ्रष्टाचारको संकट
विश्व बैंकले बताएको नाजुकताले तालिबानले मुलुकलाई लिनुभन्दा अगाडि सुरक्षामा गरेको उच्च खर्चले स्पष्ट पार्दछः जीडिपीको २९ प्रतिशत, कम आम्दानी भएका मुलुकका लागि औषतमा ३ प्रतिशतको तुलनामा।
अफगानिस्तानमा सुरक्षा र भ्रष्टाचारको गम्भिर समस्या, अर्को गम्भिर समस्याका कारण बनेका छन्, त्यो हो कमजोर वैदेशिक व्यवसाय लगानी।
संयुक्त राष्ट्र संघका अनुसार, पछिल्लो दुई वर्षमा ‘ग्रीनफिल्ड’ लगानीमा कुनै घोषणा भएका छैन जसमा एक विदेशी व्यवसायले कार्य शुरु गर्ने समावेश छ। सन् २०१४ देखि अहिलेसम्मका जम्मा ४ वटा मात्र यस्ता कार्य भए। उस्तै जनसंख्या भएका दक्षिण एशिया कै अन्य दुई मुलुकलाई हेर्ने हो भने सोही अवधिमा नेपालले १० गुणा र श्रीलंकाले ५० गुणा कायम गर्न सफल भएका छन्।
विश्व बैंकले अफगानिस्तानको निजी क्षेत्रलाई साँघुरो बताएको छ। आम्दानी कम उत्पादकत्व भएको कृषिमा केन्द्रित छः ६० प्रतिशत घरधुरीहरुले कृषिबाट केही आम्दानी गर्छन्।
देशमा एक ठूलो अवैध अर्थव्यवस्था पनि छ। त्यहाँ गैर कानूनी उत्खनन् र निश्चित पनि, अफिम उत्पादन र स्मग्लिङ्ग सम्बन्धित क्रियाकलाप पनि हुने गर्दछ। तालिबानका लागि ड्रग्स व्यापार एक प्रमुख आम्दानीको श्रोत हो।
खनिज सम्पत्ती
सबै भन्छन् कि सन् २००१ मा अमेरिकी आक्रमणपश्चात अफगान अर्थव्यवस्था विकास भएको छ।
अफगानिस्तानको तथ्यांक त्यति विश्वसनिय छैन, तर विश्व बैंक अनुसार उनीहरु सन् २००३ पछिको १० वर्षमा औषत वार्षिक वृद्धिदर ९ प्रतिशत रहेको देखाउँछन्।
त्यसपछि, सन् २०१५ र २०२० को बिचमा औषत दर २.५ प्रतिशतमा खुम्चियो, जसले सहायता कम रहेको प्रष्ट पार्दछ।
मुलुकमा प्रमुख प्राकृतिक श्रोतहरु छन्, त्यसले सुरक्षा र भ्रष्टाचार कम गर्ने सन्दर्भमा आकर्षक अन्तरराष्ट्रिय व्यवसाय हुन सक्छ।
त्यहाँ तामा, कोबाल्ट, कोइला र फलाम अयस्क सहित विभिन्न खनिजहरु पर्याप्त मात्रामा छ। त्यहाँ तेल, ग्यास र बहुमूल्य पत्थरहरु पनि छन्।
एक क्षमता भएको खनिज हो लिथियम, एक धातु जसलाई मोबाइल उपकरण र विद्युतिय कारहरुमा प्रयोग गरिने ब्याट्रीहरुमा प्रयोग गरिन्छ। सो धातु एकदमै महत्वपूर्ण हुनेछ किनभने मोटर उद्योगहरु यातायातलाई शून्य कार्बनको रुपमा परिवर्तन गर्न खोजिरहेका छन्।
सन् २०१० मा, अमेरिकाका एक उच्च अधिकारीलेले न्यू योर्क टाइम्सलाई बताएका थिए कि अफगानिस्तानको खनिज क्षमता एकदमै आकर्षक छ, तर धेरै ‘यदि’का साथ।’
सो पेपरले यो पनि रिपोर्ट गरेको थियो कि अमेरिकी रक्षा विभागको मेमोमा लेखेको थियो कि अफगानिस्तान ‘लिथियमको साउदी अरेबिया’ बन्न सक्छ।
यद्यपि, यस क्षमताको अहिले एकदमै शोषण भएको छ र अफगानका जनताहरुले निकै कम पहिचान र नाफा पाएका छन्।
विदेशी शक्ति
चीन आबद्ध हुन चाहेका धेरै रिपोर्टहरु छन्। पश्चिमी शक्ति भन्दा धेरै राम्रो सम्बन्ध तालिबानहरुसँग भएको आभाष हुन्छ, त्यसैले नयाँ शासन आएमा धेरै फाइदा हुन्छ।
यद्यपि, चिनीयाँ कम्पनीहरुले तामा र तेल विकासका कार्य गर्न सम्झौता जितेका छन्।
चीनले अफगानिस्तानमा रुचि राख्छ भन्ने अपेक्षा गर्न सकिन्छ। अवसरहरु एकदम सन्तोषजनक देखिन्छन् र दुई मुलुकहरुको केही सीमा साझा छन्।
तर, चिनीया एजेन्सी, आधिकारिक अथवा व्यवसायिक, सफलतामा ढुक्क हुन चाहन्छ। जबसम्म उनीहरु सुरक्षा र भ्रष्टाचारका समस्या पूर्ण रुपमा समाहित भएको महसुस गर्दैनन्, तब सम्म उनीहरु प्रतिबद्ध हुन हिच्किचाउने छन्।
एक क्षमतावान लगानीकर्ता, चाहे त्यो चीनको होस् या अरु मुलुकको, उसको लागि एक प्रमुख प्रश्न, उनीहरुले चाहेको वातावरण सिर्जना गर्न के तालिबानहरु पूर्व सरकारभन्दा सक्षम हुन सक्छन्? भन्ने हुनेछ।
निकट भविष्यमा वित्तीय स्थिरताको सम्बन्धमा अनिश्चितता एक ठूलो कुरा हुन सक्छ। धेरै मानिसहरु बैंकबाट पैसा झिकिरहेका छन्।
तालिबानका प्रवक्ताले बैंक धनी, पैसा साट्ने, व्यापारी र पसलेहरुको जीवन र सम्पत्तीको सुरक्षा गरिने सुनिश्चितता गरेको पाकिस्तान आधारित अफगान इस्लामिक प्रेसले रिपोर्ट गरेको छ।
वित्तीय सञ्चालकहरुको भौतिक सुरक्षाका सम्बन्धमा पनि प्रश्न अझै छ। अफागानिस्तानको वित्तीय प्रणाली चल्ने हो भने उनीहरु निर्धक्क हुन जरुरी छ। तर, ग्राहकहरु पनि आफ्नो पैसा सुरक्षित छ भन्ने कुरा महसुस गर्नु जरुरी छ। र त्यो छिटो हुन सक्दैन।
(बीबीसीबाट अनुवादित) (तस्बीरः बीबीसी डटकम बाट)




