15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

आधुनिक नेपाली गजल अभियानमा अर्जुन भण्डारी मनोनित

मनिसा रेग्मी

संचार क्षेत्रमा बिगत दुई दशक देखी सकृय अर्जुन भण्डारी कर्णाली प्रदेसको बिरेन्द्रनगरमा कुनैबेला साहित्यिक पत्रकारीता गर्थे ! रेडियो भेरी एफ एम, रारा टेलिभिजन, मध्य पस्चिमान्चल गजल प्रतिस्ठान,आकुरा नेपाल लगायत थुप्रै सस्थाबाट उनले प्रतिनिधित्त्व मात्र गरेनन उनले रेडियो भेरी एफ एमबाट सन्चालन गर्ने गीत गजल कार्यक्रम मार्फत मध्य तथा सुदुर पश्चिम क्षेत्रमा गजलको एक आयमेली आन्दोलन नै चलाय !
त्यतिबेलाको सर्बाधिक लोकप्रिय कार्यक्रम प्रस्तोता तथा साहित्यिक पत्रकार,गजलकार अर्जुन भण्डारी अहिले राजधानिमा बसेर पत्रकारिता सँगसँगै गीत लेखन र मोटिभेशनल स्पिकरको परिचयलाई स्थापित गर्दैछन !

आधुनिक नेपाली गजल अभियानमा अर्जुन भण्डारी मनोनित


सुर्खेतको बिरेन्द्रनगरबाट गजलको पत्रीका प्रकाशन गर्ने पहिलो सम्पादक समेत भण्डारी नै थिय ! उनिदारा सम्पादित “ गजल बाटिका”नै सुर्खेतको पहिलो गजल प्रधान पत्रीका मानिन्छ !
२०६३ सालमा प्रकाशित “कोशेढुङ्गा”नामको एकल गजल संग्रहका गजलकार तथा सर्जक अर्जुन भण्डारीका ५ दर्जन बढी गितहरु रेकर्ड भैसकेका छन भने आधा दर्जन टेलीचलचित्र तथा केही ठुलो पर्दाका चलचित्रमा आफ्नो अभिनय कला समेत प्रस्तुत गरिसकेका छन भने तीन दर्जन बढी म्युजिक भिडियोमा निर्देशकका रुपमा आफुलाई उभ्याईसकेका छन ! थुप्रै पुरुस्कार र सम्मान हासिल गरिसकेका यिनले राष्ट्रिय भक्तिभाबको गीत सिर्जनाबाट यसैबर्ष उत्क्रिस्ठ जुरी अवार्ड २०७८ पाय !


राजधानिका आधा दर्जन संचार माध्यम मा काम गरिसकेका यिनले पछील्लो समयमा रेडियो टेलिभिजनको लोकप्रियता घट्दै जानु र ब्याबसायिकता गुम्दै जानुका कारण हामी जस्ता संचारकर्म गरेर खानेहरुका लागि youtube र online नै गतिलो बिकल्प भयको बताउने भण्डारीलाई youtube मा पनि अहिले १० लाख बढीले पछ्याइसकेका छन !
“कुनैबेला सेलिब्रेटीको भन्दा बढी फ्यान कमायका संचारकर्मिहरु आज बिदेसमा गुमनाम छन,कमसेकम आफु त यही केही गरिरहेछु” भन्दै मुस्कुराउने अर्जुन भण्डारीलाई कर्णाली प्रदेसका गजलकारहरुको सकृय संघठन “आधुनिक नेपाली गजल अभियान सुर्खेत” ले सल्लाहकारका रुपमा मनोनित गरेको छ !
कर्णालीको गजलको बिकासमा उल्लेखनिय योगदान पुर्‍यायका भण्डारीलाई सल्लाहकारमा मनोनित भयपछी बिभिन्न सामाजिक सन्जाल मार्फत बधाई तथा शुभकामनाहरु
पनि आईरहेका छन !
नेपाली गजलको बिकासमा योगदान पुर्‍याउने अभिप्रायले स्थापित साहित्यिक सस्था “आधुनिक नेपाली गजल अभियान “ देस भरका गजलकारहरुको छाता सन्जाल हो !

समाज सेवामा पनि निकै अग्रसर अर्जुन भण्डारी अहिले ललितपुरको महालक्ष्मी नगरपालिकाका बासिन्दा हुन !

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar