15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

काबुलबाट अमेरिकाले ३ सय नेपाली फर्काउने

अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले सुरक्षा दिइरहेका छन् ।

उनीहरूलाई अमेरिकाले विमानमा कुनै पनि बेला नेपाल पठाउन सकिने भनेको छ । ‘यहाँको पछिल्लो अवस्था बिग्रिएको छ, धेरै अमेरिकी सेना फिर्ता भइसकेका छन्, हामीलाई फर्कन तयार भएर बस्न भनिएको छ, फिर्ता हुने दिन भने तोकिएको छैन,’ दूतावासमा कार्यरत एक नेपाली सुरक्षा गार्डले भने ।

काबुलबाट अमेरिकाले ३ सय नेपाली फर्काउने

अमेरिकाले दुई दशकपछि सुरक्षाकर्मी फिर्ता लगेपछि अफगानिस्तान विद्रोही समूह तालिवानको घेरामा छ । त्यही विषयलाई मध्यनजर गरेर आफूहरूलाई अमेरिकी दूतावासले फिर्ता पठाउन लागेको ती नेपाली सुरक्षाकर्मीले बताए । यसअघि नै अमेरिकी सेनाका लागि काम गर्ने फ्लोर कम्पनीले आफूसँग भएका ‘सिभिलियन’ कामदारहरूलाई फर्काइसकेको छ । जसमा झन्डै १ सय ५० जना नेपाली थिए । उनीहरूलाई कम्पनीले दुबई लगेर राखेको छ । ‘हामी काबुलबाट दुबई आएर होटलमा बसेको एक साता भयो,’ १० वर्षदेखि फ्लोर कम्पनीको व्यवस्थापनमा काम गरेका एक नेपालीले भने, ‘टिकट पाउने साथीहरू नेपाल पुगिसकेका छन् । टिकट नपाउनेहरू होटलमै बसिरहेका छौं ।’

फ्लोर कम्पनीले जुलाई अन्तिमदेखि नै कार्यालय सहयोगी, प्रशासनिक कर्मचारी, ड्राइभरजस्ता क्षेत्रमा कार्यरत नेपालीलाई काबुलबाट बाहिर निकालिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अफगानिस्तानमा नेपालीहरू अमेरिकी दूतावास, युरोपेली संघ, राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, बरोन होटल र ग्रिन भिलेजमा कार्यरत छन् ।

उनीहरूलाई त्यहाँ पुर्‍याउने कम्पनीहरू एईजीआईएस एलएलसी, पेज प्रोटेक्सन सर्भिस, इन्टरनेसन डिपार्टमेन्ट अफ गोर्खा, सेवर इन्टरनेसनल, हार्ट, जिफोरएस र सिल्ड सेक्युरिटीलगायत हुन् । यी कम्पनीहरूले भने नेपाली सुरक्षा गार्डलाई उच्च सतर्कतामा राखिएको जनाएका छन् ।

‘विमानस्थल र दूतावासहरूको सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्ड काबुलमै छन्,’ ती नेपालीले भने, ‘उनीहरूमाथि सुरक्षा खतरा परेमा सम्बन्धित दूतावासले नै तत्काल उद्धार गर्ने सूचना दिइएको छ । त्यसकारण उनीहरू ढुक्क भएर बसिरहेका छन् ।’ विमानस्थल र दूतावासका कूटनीतिज्ञ तथा कर्मचारीको सुरक्षामा खटिएका नेपालीको जिम्मेवारी रोजगारदाता कम्पनीले लिने नेपाली सुरक्षा गार्डहरूले बताए । ‘हामीलाई यहाँ जुन कम्पनीले खटाएको छ, त्यही कम्पनी र दूतावासले जिम्मेवारी लिनुपर्छ, अहिलेसम्म हामी आत्तिएका छैनौं । कम्पनीहरूले आपत्कालीन अवस्था आइपरेमा तुरुन्तै काबुल छोड्नुपर्ने भनेर सतर्क गराएका छन् ।

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar