विक्रम संवत २०१४ सालमा स्थापना भएको महेन्द्र आदर्श माध्यमिक विद्यालय ६४ बर्षको गौरवमय इतिहास बोकेको ललितपुर जिल्लाका उत्कृष्ट विद्यालयहरु मध्ये एक हो । हाल ECD देखि कक्षा १२ सम्म सञ्चालित यो विद्यालयमा सिटिइभिटी अन्तर्गतको तीनवर्षे डिप्लोमा कार्यक्रम पनि सञ्चालित छ । हाल यस विद्यालयमा एक भन्दा बढी शैक्षिक कार्यक्रमहरु संचालित बहुआयमिक शैक्षिक संस्था बन्न सफल भएको छ। करिब ९ सय विद्यार्थीहरु र ६० भन्दा बढी शिक्षक तथा कर्मचारीहरु रहेको विद्यालय खासगरी इमाडोल र महालक्ष्मी नगरपालिका भित्रको लागि एउटा गर्व गर्नलायक सामुदायिक विद्यालय बन्न सफल भएको छ । स्थापनाकालदेखि हालसम्म पनि इमाडोलबासीको अपार माया साथ र सहयोग प्राप्त गर्न सफल यो विद्यालय यस क्षेत्रकै एउटा अग्रणी शैक्षिक संस्था बनेर शिक्षाको उज्यालो प्रकाश छर्दै आइरहेको छ । सरकारी निकायको साथै समुदायको साथ र सहयोग को कारण विद्यालयले विगत एक दशकमा भौतिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ।
हाल विद्यालयसँग ४ वटा पक्की भवन घेराबार सहितको कम्पाउन्ड, पुस्तकालय, विज्ञान प्रयोगशाला तथा इन्जिनियरिङ प्रयोगशालाहरु छन् । विद्यालय भवनमा सरकारी मापदण्ड अनुसारका रंगरोगन गरेर चिटिक्क पारिएको यो विद्यालय कुनै निजी विद्यालय भन्दा कम देखिँदैन बिगत केही बर्ष अगाडीसम्म विद्यालयको अवस्था निकै कमजोर र दयनीय थियो । यति छिटै विद्यालयमा सकरात्मक परिवर्तन गराउनमा त्यस विद्यालयका प्रधानाध्यापक एकबहादुर भण्डारीको नेतृत्वदायी भूमिका प्रमुख रहेको स्थानीयहरूको भनाइ छ ।

स्थानीय शिक्षाप्रेमी, राजनीतिकर्मी तथा विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश पराजुलीका अनुसार विद्यालयले छोटो समयमा पनि राम्रो उन्नति र प्रगति गर्नमा स्थानीय व्यक्तिहरुको विद्यालयप्रतिको सकारात्मक सोचाइ ,सहयोग र समन्वयकारी भूमिका नै हो भन्नुहुन्छ । पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक सङ्घका अध्यक्ष नरेश कार्कीका अनुसार जुझारु विद्यालय व्यवस्थापन समिति अभिभावक शिक्षक सङ्घ मेहनती शिक्षकहरु र खासगरी युवा जोश जागरले भरिपूर्ण भिजन भएको प्रधानाध्यापकको कारण नै विद्यालयले उचाई हासिल गरेको हो भनी बताउनुहुन्छ।

महालक्ष्मी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मण रोक्का यस विद्यालयका वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ । उत्कृष्ट भौतिक तथा शैक्षिक विकास कसरी सम्भव भयो भन्ने हाम्रो प्रश्नमा अध्यक्ष भन्नुहुन्छ हामीले महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई वडा नम्बर ४ को मात्र नभई महालक्ष्मी नगर क्षेत्रकै श्रोत केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले काम ग-र्यो । विद्यालय भित्र हामीलेकहिल्यै राजनीतिको ‘र’ पनि उठाएनौ । भौतिक विकासको लागि विभिन्न क्षेत्रबाट बजेट व्यवस्थापन गर्ने कार्य सक्रियतापूर्वक गरियो र कुनैपनि काम योजनाबद्ध ढंगले मात्र व्यवस्थापन समितिको निर्णयबाट मात्र गरियो हामीले विद्यालयबाट प्राप्त गर्ने कुरो होइन विद्यालयलाई के योगदान दिन सक्छौं भन्ने उद्देश्यले नै खटेर काम गरौं ,त्यसैले आज यो विद्यालयले यो उचाइः लिन सकेको छ यसमा हामीलाई अत्यन्त गर्व लाग्छ ।
विगत एक दशकदेखि प्रधानअध्यापक पदमा कार्यरत श्री एक बहादुर भण्डारी सँग दश वर्ष अगाडि र अहिले लाई तुलना गरेर हेर्दा कस्तो पाउनुहुन्छ भनि सोधिएको प्रश्नमा उहाँ भन्नुहुन्छ २०६७ सालमा प्रधानअध्यापकमा नियुक्त्ती लिँदै गर्दा विद्यालयको भौतिक अवस्था अत्यन्त दयनीय थियो । भुकम्प प्रविधियुक्त भवन सुरु मात्र भएको विद्यालयको आर्थिक अवस्था ऋणात्मक थियो, जताततै भवन बनाएको ऋण थियो, शैक्षिक अवस्था पनि नाजुक थियो एसएलसीको नतिजा अनुसार ललितपुर जिल्लामा नै सबैभन्दा तल पुगिसकेको थियो । यस्तो विषम अवस्थाबाट विद्यालयको प्रशासन समालेर सबै राजनैतिक दल सबै पक्ष सरोकारवाला निकायहरु, शिक्षक ,अभिभाबक चन्दादाता , शिक्षाप्रेमी , NGO, INGO पुर्व बिद्यार्थी सबैको सहयोग जुटाई, शिक्षकहरूको Teamwork निर्माण गरी अगाडि बढ्दै जाँदा आफ्नो दृढ इच्छाशक्तिका कारण सफल भइने रहेछ विशेषगरी विद्यालयलाई आफ्नै घर सरह सम्झी पुर्णकालिन खट्ने कामप्रति प्रतिवद्द शैक्षिक प्रशासक र सहयोगी विद्यालय व्यवस्थापन समिति भयो भने विद्यालयहरुले छिटो प्रगति गर्न सक्छन,गर्न अझै धेरै बाँकी नै छ तापनि विद्यालयको वर्तमान अवस्था देख्दा सन्तोष लिन सकिने यथेष्ट कारणहरु छन् ।

संचालित कार्यक्रमहरु
कक्षा ११ र १२ मा व्यवस्थापन संकाय तर्फका विषयहरु पठनपाठन हुँदै आइरहेको मा शैक्षिक सत्र २०७८ देखि कानुनका विषय पनि पठनपाठन गराउने तयारी भएको छ ।
Diploma in civil engineering
नेपाल सरकारको प्राथमिकतामा परेको प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम यस महेन्द्र आदर्श माध्यमिक विद्यालयमा २०५७ साल देखि सुरुवात भएको छ । सीपयुक्त व्यवसायिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले संचालित यो शैक्षिक कार्यक्रम ३ वर्षको कार्यक्रम हो । सैद्धान्तिक र कोरा शिक्षाको सट्टामा हातमा सिप हुने रोजगारीमूलक तथा प्राविधिक शिक्षामा विशेष जोड दिँदै देश निर्माणको लागि आवश्यक पर्ने मध्यम स्तरको जनशक्ति उत्पादनको उद्देश्यले कम शुल्कमा यो शिक्षाको अवसर महेन्द्र आदर्श माध्यमिक विद्यालयमा उपलब्ध छ । खासगरी मध्यमस्तरका आर्थिक अवस्था भएका नेपालीका छोराछोरीहरुको लागी प्राविधिक जनशक्ति बन्न पाउने यो सुवर्ण अवसर पनि हो ।ओभरसियर स्तरको यो शैक्षिक कार्यक्रममा महालक्ष्मी नगरपालिका क्षेत्रभित्रका स्थायी बासिन्दा र नगर क्षेत्रभित्रका विद्यालयबाट क्भ्भ् उत्तीर्ण विद्यार्थीहरुलाई छुटको पनि व्यवस्था गरिएको छ ।




