बढ्दो बस्तीको चापका कारण बढीरहेको खानेपानीको समस्या न्युनिकरण गर्न भन्दै भोजेपोखरी खानेपानी सेवा समितिले सोमबार दुई लाख २५ हजार लिटर क्षेमताको ओभरहेड खानेपानी ट्याङ्की निर्माण शिलान्यासको कार्यक्रम सम्पन्न गरेको छ !
ललितपुरको महालक्ष्मी नगरपालिका वडा न २ का बासिन्दाले प्रयोग गर्दै आयको खानेपानीलाई थप ब्यबस्थित गर्न नयाँ DPR अनुसार ओभरहेड ट्याङ्की निर्माण गरी नयाँ प्रबिधिबाट चुहावट मुक्त तरिकाले पानी बितरण गर्न यो कार्यक्रम अघी सारीयको भोजेपोखरी खानेपानी सेवा समितिका अध्यक्ष हरिकान्त खनालले बताय !

ओभरहेड शिलान्यास गर्दै प्रमुख अतिथिका रुपमा उपस्थित महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले महालक्ष्मी नगरपालिकाको प्रमुख समस्या नै खानेपानी भयकाले यो बिषयमा आफु बढी संबेदनशिल हुँदा हुँदै पनि जमिनी बनावटका कारण लाकुरी भञ्ज्याङको पहाड छिचोलेर रोशी खोलाको पानी ल्याउन नसकियको र जमिन मुनिको पानी डिप बोरिङ गर्नुको बिकल्प नभयको बताय !

नगरपालिका भित्र अहिले १६ वटा डिप बोरीङको काम भैरहेको थप्दै मेयर श्रेष्ठले भोजेपोखरीको खानेपानी समस्या न्युनिकरणका लागी नगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ बिनियोजन गरिदिने आस्वासन दिदै अब रिचार्ज पोखरीको परिकल्पना अघी सार्नुपर्ने बेला आयको कुरामा समेत जोड दिय !
कार्यक्रममा वडा न २ का प्रमुख राम बहादुर केसी,साईड इन्जिनियर दिलिप शाह,खानेपानी डिभिजन कार्यालय बागमती प्रदेश प्रमुख नबिन प्रशाद केसरी लगायत स्थानिय बुद्दिजिबी र सरोकारवालाको बाक्लो उपस्थिती रहेको भोजेपोखरी खानेपानी सेवा समितिका सह सचिब बिक्रान्त के सी सुबेदीले ईमाडोल खबरलाई जानकारी गराय !







