15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

स्थानिय पुरातात्विक चिसापानी ढुङगेधारा मास्ने अगुवाईमा वडा अध्यक्ष लक्ष्मण रोक्का


बिस्वको सबैभन्दा लामो मानिने रातो मछिन्द्रनाथको जात्रामा सिठी नखको दिन पानी चढाइने एैतिहासिक चिसापानी ढुङगेधारा मासेर वडा कार्यालय निर्माण गर्न लागेकोमा महालक्ष्मी नगरपालिका ललितपुर को वडा न ४ का वडाध्यक्ष लक्षमण रोक्का बिरुद्द सर्बत्र बिरोध सुरु भयको छ !


एैतिहासिक र पुरातात्विक चिसापानी ढुङगे धाराको सम्रक्षण गर्नुको सट्टा मासेर वडा कार्यालय निर्माणको तयारी गरिनु भनेको सस्क्रिती माथिको प्रहार समेत हो भन्दै स्थानिय बासिन्दा,नागरिक समाज,बुद्दिजिवी लगायत बिभिन्न राजनीतिक संघठनहरुले समेत ठाडो आलोचना गरिरहेका छन !


कमल पोखरीका पुराना बासिन्दाहरुले मृत्‍यु संस्कारको कार्य समेत गर्ने गरेको उक्त क्षेत्रमा वडा कार्यालय भवन कुनै पनि हालतमा बन्न नदिने भन्दै नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा न ४ का ईकाई सभापति प्रकाश पराजुलिको नेत्रित्त्वमा नेपाली कांग्रेस,राष्ट्रिय प्रजातन्त्र पार्टि र ने क पा माओबादी केन्द्र ले सयुक्त रुपमा नगर प्रमुखलाई ज्ञापन पत्र समेत बुझायका छन !

नेपाली कांग्रेस,राष्ट्रिय प्रजातन्त्र पार्टि र ने क पा माओबादी केन्द्र ले सयुक्त रुपमा नगर प्रमुखलाई ज्ञापन पत्र समेत बुझायका छन !


नगरपालिकालाई अबिभावकत्त्व निर्बाह गरी एैतिहासिक चिसापानी ढुङगेधारा पुनर्जिबित गराईदिन भन्दै कांग्रेसको तर्फबाट ईकाई सभापति प्रकाश पराजुली, माओबादीको केन्द्रको तर्फबाट वडा संयोजक कृष्ण बहादुर थापा र रा प्र पा को तर्फबाट ईकाइ अध्यक्ष माधव कार्कीले सयुक्त रुपमा हस्ताक्षर गरी ज्ञापन पत्र बुझायका हुन !

वडा नगरपालिका हुँदै जिल्लासम्म बोधार्थ बुझाईने र सुनवाई नभय सयुक्त आन्दोलनको कार्यक्रम अगाडि सारीने बताउदै कांग्रेस ईकाई सभापति प्रकाश पराजुलीले पुरातात्विक र सास्कृतिक धरोहर मास्ने अधिकार वडा अध्यक्ष लक्षमण रोक्कालाई नभयको ईमाडोल खबरलाई बतायका छन !

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar