9.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

कलेजो कसरी खराब हुन्छ ?

कलेजोले हाम्रो शरीरमा ५ सयभन्दा बढी काम गर्छ । यो शरीरको सबैभन्दा ठूलो भित्री अंग पनि हो, जसको लम्बाई लगभग ६ इन्च हुन्छ । तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ । यो हाम्रो पेटको माथि दाहिनेतर्फ हुन्छ ।

कलेजको काम अनगिन्ती छन् । यद्यपी यसको मूख्य काम भनेको पाचन नलिकाबाट आउने रगतलाई शुद्ध गरेर पुरै शरीरमा संचार गराउने हो । रगतलाई शक्तिमा बदल्ने काम पनि कलेजोले नै गर्छ । हामी जुन औषधी सेवन गर्छौ, त्यसलाई पनि टुक्राएर शरीरमा संचार गराउने काम गर्छ ।

शारीरिक स्वास्थ्यका लागि यति महत्वपूर्ण कलेजो खराब त्यसबेला हुन्छ, जब हाम्रो खानपान र जीवनशैली प्रतिकुल बन्छ । हाम्रो खराब जीवनशैलीको सोझो असर कलेजोमा पर्छ । औसत ४० बर्षको उमेरसम्म कलेजोको प्रणालीमा २० प्रतिशतसम्म गिरावट आइसकेको हुन्छ । तर, शरीरमा धेरै मात्रामा विकार भयो भने कलेजो खराब हुन्छ ।

कलेजोको सबैभन्दा बढि बिमारीहरुको कारण रक्सी तथा सुर्तिजन्य पदार्थ र अस्वस्थ आहार हो । कलेजोमा धेरै रोग हुन सक्छन्, जसमा लीभर फेलर, लिभर क्यान्सर, लिभर एबसेस, फ्याटी लिभर र लिभर सिरोसिस प्रमुख छन् ।

कलेजो खराब हुने कारण

१. धेरै गुलियो खानेकुरा कलेजोको लागि अनुकुल हुँदैन । कलेजोले गुलियो पदार्थ एवं चिनीलाई बोसोमा बदल्ने काम गर्छ । जब हामी धेरै चिनीजन्य खानेकुरा सेवन गर्छौ, कलेजोलाई दवाव पर्छ । र, अतिरिक्त वोसो कलेजोमा जम्मा हुन्छ । यसले कलेजोलाई खराब गर्छ ।

२. लामो समयसम्म वा धेरै मात्रामा पेनकिलर तथा पारासिटामोल सेवन गर्दा पनि कलेजो खराब हुनसक्छ ।

३. मदिराजन्य पदार्थ त कलेजोको सत्रु नै हो । जब हामी मदिरा पिउँछौ, शरीरमा विषाक्त पदार्थ बढी जम्मा हुन्छ । यसले कलेजोलाई नराम्ररी क्षति पु¥याउँछ ।

४. चिकित्सकको परामर्श बिना सप्लिमेन्ट खासगरी भिटामिन ए लिनु कलेजोलाई हानी पु¥याउनु हो ।

५. कम समयमा सुत्नु वा कम निन्द्रा लिनु पनि कलेजोको लागि राम्रो होइन । कम सुत्दा कलेजोले बोसोको प्रक्रिया पूर्ण रुपले गर्न पाउँदैन, परिणामत उक्त बोसो कलेजोमा जम्मा हुन्छ ।

६. कोक, फ्यान्टा जस्ता पेयमा कृतिम चिनी र रंग प्रयोग गरिएको हुन्छ । यसले गर्दा कलेजोमा बोजो जम्छ । रंगको रसायनले कलेजोलाई नोक्सान पु¥याउँछ ।

७. बर्गर, स्यान्डविच जस्ता जंकफुडको सेवनले पनि कलेजोको कार्यक्षमतामा ह«ास ल्याउँछ ।

८. चुरोट सेवन एवं धुमपानले कलेजोलाई सोझै क्षति गर्छ । चुरोटमा केहि टक्सिक केमिकल हुन्छ, जो कलेजोमा पुगेर तयसको सेल्सलाई नष्ट गर्छ ।

यी खानेकुरा, जसले कलेजो शुद्धिकरण गर्छ

विशेषज्ञका अनुसार केहि यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ । नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमस सफा हुँदै जान्छ ।

लसुन

लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ ।

दालचिनी

यसमा ग्लूकोज र फ्रक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।

चुकन्दर

यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।

कागति

कागतिमा साइट्रिक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।

आलुबखडा

आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट फ्रि रेडकल्सले कलेजोलाई रक्षा गर्छ ।

ओखर

ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।

अदुवा

अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन ।

बेसार

बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ ।

स्याउ

स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।

बन्दागोभी

बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।

कलेजो कसरी खराब हुन्छ ?

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar