नेपाली कांग्रेसको १४औ महाधिवेशन भाद्र १८ बाट सुरु हुने भयपछी स्थानिय स्तरका कांग्रेसी नेता कार्यकर्ता बिचको छलफल र भेट्घाटले तिब्रता पायको छ !
ललितपुर जिल्लाको ईमाडोलमा पनि कांग्रेसी कार्यकर्ता नेताहरु अबको नेत्रित्त्व अशल र सफल ब्यत्तित्व को हातमा पर्नुपर्छ भन्दै ब्यापक रुपमा छलफल र बहसमा जोडीयको नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका समन्वय समिती १ २ ३ र ४ का संयोजक प्रकाश पराजुलीले जानकारी दियका छन !

प्रजातान्त्रिक महासंघ ललितपुरका कोसाध्यक्ष मंगल कुमार थापाले अबको कांग्रेस भित्र टिका लगायर कुर्सिमा जाने परम्परा तोड्न आफुहरु लागिरहेको र यसको नमुना राजनीति इमाडोलबाट देखाउने प्रतिबद्दता गरेका छन !

महाधिबेशन प्रतिनिधि समेत रहेका स्थानिय सन्त नेता पवन बिक्रम थापाले भने पार्टिले गरेको आग्रहलाई निस्ठताका साथ पुरा गर्न आफुहरु कृयाशिल रहेको जनाय !

१४ औ महाधिबेशनमा महालक्ष्मी नगरपालिकाको नगर सभापतिका दाबेदार युबा नेता शुशिल खड्काले सबैलाई जोड्ने कांग्रेस आफु आफुमा पनि सबलपनको बिकास गर्न १४ औँ महाधिबेशनले अहम भूमिका खेल्ने बताउदै छलफल र बौद्दिक बहसमा दर्जनौ कांग्रेसी नेताहरु सरिक देखिनुलाई महालक्ष्मीको राजनितीमा मनग्य परिवर्तन आयको आफुले महसुस गरेको ब्यक्त गरेका छन !
सुरेश थापा,पुरुशोत्तम घिमिरे,पुष्प राज खत्री,प्रेम अर्याल लगायतका दर्जनौ नेताहरु छलफलमा संलग्न भयका छन !




