मौसम गाईजात्राको छ तर देसको अस्थिरता भ्रस्टाचार बेथिती र बेथिती माथिको राजनीतिक परीद्रिश्य हेर्दा हाम्रो देसमा बार्है महिना बार्हैकाल गाईजात्रा चलिरहेको आभास जनतामा हुनेगर्छ !
सरकारको नेत्रित्त्वमा केपी वली रहदा सम्म उखाने शैलिमा गाइजात्रा हेरिरहेका जनताले देउबा सरकारको नेत्रित्त्वलाई पनि
त्यो भन्दा फरक शैलिले बुझ्न पायनन ! यता सरकार भित्रको गाईजात्रा,उता पार्टिभित्रको गाईजात्रा,जताततै गाईजात्रे शैली र सस्कारको जगमा अहिलेको सरकार पनि प्रखर देखिन थालेको महसुस जनतामा देखिन्छ !
यसरी हेर्दा बहुमतको गाईजात्रे सरकार ढालेर सत्तामा पुगेको कांग्रेस पनि भित्र भित्रै खडेरिमा भुसको आगो ताप्न थालेको निस्चित देखिन्छ ! समयमा अधिबेशन गर्न नसक्ने निकम्मा सभापतिको आरोप लगाउदै एकातिर रामचन्द्र पौडेल कुर्लिने अर्कोतिर सिटौला र कोईराला पक्षधर मच्चिने गाइजात्रे सस्कार पार्टिभित्र पनि निरन्तर देखिदै आयकोमा भाद्र १८ बाट पुन नसर्ने मिती तय गरेको कांग्रेसी महाधिबेशन कृयाशिल सदस्य बिबादको गाइजात्रामा पौडेल निकट जिल्ला सभापतीहरुको आज धर्ना र अनशन सुरु भयको छ !
पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सिबारिमा बसेको पौडेल समुहका नेताहरुको बैठकमा कृयाशिल सदस्यको सुची सार्वजनिक हुनुपर्ने भन्दै दोहोरो मापदन्ड हटाउन पनि दवाब दियका छन !
सभापती शेर बहादुरको कदम बिरुद्द बरिस्ठ नेता पौडेल,महामन्त्री डा. शशांक कोईराला, केन्द्रिय सदस्य अर्जुन नरसिंह के सि,डा शेखर कोईराला, बल बहादुर केसी, मिनेन्द्र रिजाल लगायतका दर्जनौ नेताहरुको उपस्थिती देखिन्छ !
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस बिषयमा सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई सदस्यता सूची बुझाएलगत्तै सार्वजनिक गरिने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन मंसिर दोस्रो साता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।तर कांग्रेसले अझै क्रियाशील सदस्यतालाई अन्तिम रुप दिन सकेको छैन, यो पार्टिभित्र को गाइजात्रा कहिले सकिनेहोला ? यसको जवाफ पर्खेर बसेका छन कांग्रेसी मतदाताहरु !




