15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

राति ८ बजेपछि उपत्यकामा सवारी सञ्चालनमा लगाइएको रोक हट्यो

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि सवारी साधान सञ्चालनमा लगाइएको रोक हटाएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका सवारी साधन चलाउन नपाउने यसअघिको प्रावधानलाई हटाएका हुन् ।

आदेशमा यसअघि निषेध गरिएका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार रेस्टुरेन्ट लगायत भीडभाड हुने गतिविधिलाई आगामी भदौ १६ सम्म यथावत राखिएको छ । तर प्रशासनले जारी गरेको आदेश सरकारी निकाय र विभिन्न राजनीतिक दलले उल्लंघन गरिरहेका छन् ।

सोमबार मात्रै गृह मन्त्रालयको आयोजनामा निषेधाज्ञाका प्रावधान विपरीत नक्सालको मेरियट होटलमा भीडभाड हुने गरी कार्यक्रम गरिएको थियो ।

एमालेबाट अलग भइ नयाँ दल गठनको प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित करिब ६ दर्जन नेतालाई चन्द्रागिरी हिल्स रिसोर्टले प्रशासनको आदेश उल्लंघन गर्दै आवासीय अनुमति दियो । यस विषयमा काठमाडौं प्रशासनले रिसोर्टसँग किन भीडभाडजन्य गतिविधि गरेको भनेर स्पष्टीकरण सोधेको छ ।

अन्य राजनीतिक दलहरुले पनि संक्रमण रोकथामका लागि ल्याइएका आदेश विपरीत गतिविधि गरिरहेका छन् ।

राति ८ बजेपछि उपत्यकामा सवारी सञ्चालनमा लगाइएको रोक हट्यो

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar