15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

१० बुँदे कार्यान्वयनको मोडालिटी बालकोट बैठक सहमति

एमाले अध्यक्ष केपी शर्मा ओली र ‘तेस्रो धार’का नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समय तालिका बनाउने सहमति भएको छ । ओली निवास बालकोटमा भएको असन्तुष्ट पक्षका स्थायी कमिटीका सदस्यसँग भएको सहमतिमा मंगलबार स्थायी कमिटीको बैठक बसेर मोडालिटी तय गर्ने सहमति भएको हो । 

१० बुँदे सहमतिका कार्यान्वयनका लागि मंगलबार स्थायी कमिटीको बैठक बस्नेछ,’ एमाले सचिव योगेश भट्टराईले भने, ‘स्थायी कमिटीले १० बुँदे कार्यान्वयनको मोडालिटी र त्यो कार्यान्वयनको तिथिमिति पनि तय गर्ने छ । स्थायी कमिटीको बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक पनि बस्ने छ ।’

छलफलमा २०७५ जेठ २ गते एमालेको जुनजुन नेताहरुको जिम्मेवारी जेजे त्यसैअनुसार अघि बढ्न अध्यक्ष ओली सहमत भएको भट्टराईले बताए ।

‘आजको छलफलको निष्कर्ष भनेको १० बुँदेले २०७५ जेठ २ गते कायम रहेको नेकपा एमालेको केन्द्र, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, नगर/गाउँ, वडा र टोलसम्म कमिटी क्रियाशील हुन्छन्’ भट्टराईले भने, ‘२०७५ जेठ २ गते जुन–जुन नेताहरुको जिम्मेवारी जे थियो त्यो जिम्मेवारी यथावत रहन्छ । ’

भट्टराईले मंगलबार बस्ने स्थायी कमिटीको बैठकले नै अलग पार्टी दर्ता प्रक्रियामा रहेका नेताहरुलाई फर्किनसमेत आह्वान पनि गर्ने बताए ।

१० बुँदे कार्यान्वयनको मोडालिटी बालकोट बैठक सहमति

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar