१. चिकित्सकका अनुसार प्याजको नियमित सेवने ग्यास्ट्रिक, अल्सरबाट हुनबाट बचाउँछ ।
२. यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम हुन्छ ।
३. प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुन्छ ।
४. यसले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा समेत कमी ल्याउँछ ।
५. यसमा हुने एन्टिब्याक्टेरियल र एन्टिफंगल गुणले संक्रमणको जोखिमक कम गर्दछ ।
६. यसको सेवन अजीर्ण, खाना नरुच्ने, नपच्ने र झाडापखालामा पनि उपयोगी हुन्छ ।
७. प्याजलाई जीवाणुरोधी, तनावरोधी, पीडानाशक समेत मानिन्छ ।
८. यसको सेवनले मधुमेह, पत्थरी र वाथमा समेत उपयोगी मानिन्छ ।
९. प्याजको सेवनले शरिरमा हुने गर्मीमा नियन्त्रण पाउन सकिन्छ ।
१०. यसको सेवनले राम्रो निन्द्रा पर्ने जनविश्वास समेत छ ।




