15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका

श्रावण ३१

यस्तो छ, कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका

– गाउँ, नगर वडा अधिवेशन (२०७८ भदौ १८ गते)

– गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)

– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)

– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज ५ गते)

– एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)

– प्रदेश अधिवेशन (कात्तिक १०, ११ र १२ गते)

– केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९ गतेदेखि सुरु)

कांग्रेसले संविधानले तोकेको समयसीमाभित्र प्रक्रिया सुरु गरेर आगामी मंसिरमा चौधौं महाधिवेशन गर्ने निर्णय गरेको छ । तीन दिनदेखि चलेको केन्द्रीय कार्यसमिति बैठकले भदौ १८ बाट अधिवेशनको प्रक्रिया सुरु गरी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका ल्याएको हो ।

नयाँ कार्यसमिति निर्वाचनका लागि संविधानले निर्धारण गरेको साढे ५ वर्षको अवधि भदौ २३ मा सकिँदै थियो । तोकिएका समयसीमाभित्र पार्टीका आठवटै तहका अधिवेशन नसकिने भएपछि कांग्रेसले वैधानिकता जोगाउन संविधानको समयसीमाभित्र प्रक्रिया सुरु गरी महाधिवेशनको तालिका करिब तीन महिना सारेको हो ।

कांग्रेसका करिब साढे ९ लाख क्रियाशील सदस्य छन् । यी मुलुकभरका ६ हजार ७ सय ४७ वडाको अधिवेशनका मतदाता हुन् । उनीहरूले वडा, गाउँ, नगरपालिका, प्रतिनिधिसभा क्षेत्रीय र प्रदेशसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी, प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधि चयन गर्छन् । महाधिवेशनका मतदाता चयन हुन कम्तीमा वडा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको अधिवेशन हुनैपर्ने बाध्यता छ । कांग्रेसले भदौ १८ मा वडा तहको अधिवेशन गर्ने भएको छ । त्यसपछि स्थानीय तहका अधिवेशन कात्तिक १२ सम्म सकिनेछन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई संकटबाट बचाउन सहमतिबाटै कार्यतालिका ल्याइएको बताए । भदौ २३ भित्र महाधिवेशन नभएमा पार्टी जोखिममा पर्ने भन्दै पौडेलले तोकिएकै मितिमा गराउनुपर्ने अडान लिएका थिए । यसअघि महाधिवेशनको तालिका भदौ १६–१९ सम्म तोकिएको थियो ।

‘पार्टीको भविष्य संकटपूर्ण अवस्थामा छ, अर्कोतर्फ राष्ट्रिय चुनौती छन्, यस्तो बेला सहमतिबाटै अघि बढ्ने निर्णय हामीले गरेका छौं,’ पौडेलले भने, ‘क्रियाशील सदस्यता पनि सहमतिबाटै टुंग्याउँछौं र सबै अधिवेशन सहमतिबाटै अघि बढ्छन् ।’

संविधानका समयसीमाभित्र महाधिवेशनको प्रक्रिया सुरु भएमा वैधानिकता जोखिममा नपर्ने भनी निर्वाचन आयोगका पदाधिकारी र पार्टीनिकट कानुन व्यवसायीले सुझाव दिएपछि कांग्रेसले त्यही बाटो समातेको हो । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोग र कानुन व्यवसायीसँग केही दिनअघिदेखि परामर्श गरेका थिए । पार्टीको संगठन विभागका प्रमुखसमेत रहेका नेता गोपालमान श्रेष्ठले नयाँ कार्यतालिकाका बारेमा निर्वाचन आयोगलाई जानकारी गराइने बताए । ‘अदालतले लकडाउनको समयलाई शून्य अवधि मान्ने अर्को आधार पनि हामीसँग छ तर समयसीमाभित्रै प्रक्रिया सुरु गरेपछि पार्टीको वैधानिकतामाथि प्रश्नचिह्न आउने कुरै भएन,’ उनले भने, ‘हाम्रो समयसीमा भदौ २३ हो । भदौ २३ मा वडा अधिवेशन गरेपछि हाम्रो प्रक्रिया सुरु भयो । यो कार्यतालिका निर्वाचन आयोगलाई औपचारिक रूपमै जानकारी गराउनेछौं ।’

कांग्रेसले यसअघि केन्द्रीय महाधिवेशन दुई पटक र स्थानीय तहका अधिवेशनको तालिका तीन पटक सारेको थियो । अब फेरि महाधिवेशन सार्ने सुविधा कांग्रेसलाई कानुनी र व्यावहारिक रूपमा सम्भव देखिन्न । कुनै बहानामा महाधिवेशन सर्छ कि भन्ने प्रश्नमा पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलाले भने, ‘अब फेरि महाधिवेशन सार्नका लागि पार्टीभित्र एकमत हुने सम्भावना छैन । एकमत नहुँदा व्यावहारिक रूपमा सम्भव छैन । संविधान र कानुनले पनि त्यो सुविधा अब हामीलाई दिँदैन ।’ वरिष्ठ नेता पौडेलले भदौ ३ बाट निर्वाचन समितिले वडा तहको अधिवेशन सुरु गर्ने हुँदा केन्द्रीय महाधिवेशन सर्ने सम्भावना अब नरहेको बताए । ‘भदौ ३ भित्रै हामी क्रियाशील सदस्यताको टुंगो लगाएर निर्वाचन समितिलाई दिन्छौं, त्यसपछि निर्वाचन समितिले काम गर्ने हो, हाम्रो काम हुँदैन,’ पौडेलले भने, ‘निर्वाचन समितिले अधिवेशन सुरु गरेपछि कुनै पनि अवस्थामा महाधिवेशन सर्दैन ।’

संस्थापनपक्षीय नेता श्रेष्ठले पनि महाधिवेशन सर्ने अवस्था अब नहुने बताए । ‘कोरोना महामारी अचाक्ली बढेमाबाहेक अब महाधिवेशन सार्ने कुनै आधार हामीसँग हुन्न, सर्ने अवस्था पनि छैन,’ उनले भने, ‘मंसिरमै सार्नका लागि पनि नेताहरूलाई कठिनाइ थियो । मैले नै बिरालोको घाँटीमा घण्टी बाँध्ने काम गरेको हुँ ।’

महाधिवेशनअघि सबै मतदातालाई भ्याक्सिन लगाइसक्न पनि प्रधानमन्त्रीलाई बैठकमा नेताहरूले आग्रह गरेका छन् । ‘त्यतिञ्जेल एकतिहाइ जनताले खोप पाइसक्ने प्रधानमन्त्रीले बताउनुभएको छ,’ सिटौलाले भने, ‘वडादेखि केन्द्रको महाधिवेशन गर्न हामीलाई करिब तीन महिना लाग्थ्यो तर प्रक्रिया छोट्याएर दसैं/तिहारको समयबाहेक दुई महिनाभित्रै महाधिवेशन सम्पन्न गर्न खोजेका छौं ।’

वडा तहको अधिवेशन सुरु नभई केन्द्रीय महाधिवेशन हुन नसक्ने भएकाले भदौ १८ बाट सुरु हुने प्रक्रियाले पार्टीको वैधानिकता जोगिने बताए । ‘साढे पाँच वर्षभित्रै केन्द्र र प्रदेशको कार्यसमिति चयन गर्नुपर्ने संविधानको बाध्यात्मक व्यवस्था हो । हामीले समयभित्रै अधिवेशन गर्न प्रक्रिया सुरु नगरेको होइन । कोरोना महामारीले प्रतिकूल अवस्था खडा गर्‍यो । हाम्रा धेरै साथी बित्नु पनि भयो । अधिवेशनका गतिविधि अघि बढ्न सकेन, पूर्वनिर्धारित समयसीमा हामीले अधिवेशन सम्पन्न गर्न सकेनौं,’ सिटौलाले भने, ‘यो प्रतिकूल अवस्थामा पनि हामीले समयभित्रै प्रक्रिया सुरु गराएर मंसिरभित्र केन्द्रीय महाधिवेशन गर्दै छौं । अब यो तालिका कुनै हालतमा परिवर्तन हुन सक्दैन ।

कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar