बिस्वको सबैभन्दा लामो मानिने रातो मछिन्द्रनाथको जात्रामा सिठी नखको दिन पानी चढाइने एैतिहासिक चिसापानी ढुङगेधारा मासेर वडा कार्यालय निर्माण गर्न लागेकोमा महालक्ष्मी नगरपालिका ललितपुर को वडा न ४ का वडाध्यक्ष लक्षमण रोक्का बिरुद्द सर्बत्र बिरोध सुरु भयको छ !
एैतिहासिक र पुरातात्विक चिसापानी ढुङगे धाराको सम्रक्षण गर्नुको सट्टा मासेर वडा कार्यालय निर्माणको तयारी गरिनु भनेको सस्क्रिती माथिको प्रहार समेत हो भन्दै स्थानिय बासिन्दा,नागरिक समाज,बुद्दिजिवी लगायत बिभिन्न राजनीतिक संघठनहरुले समेत ठाडो आलोचना गरिरहेका छन !
कमल पोखरीका पुराना बासिन्दाहरुले मृत्यु संस्कारको कार्य समेत गर्ने गरेको उक्त क्षेत्रमा वडा कार्यालय भवन कुनै पनि हालतमा बन्न नदिने भन्दै नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा न ४ का ईकाई सभापति प्रकाश पराजुलिको नेत्रित्त्वमा नेपाली कांग्रेस,राष्ट्रिय प्रजातन्त्र पार्टि र ने क पा माओबादी केन्द्र ले सयुक्त रुपमा नगर प्रमुखलाई ज्ञापन पत्र समेत बुझायका छन !

नगरपालिकालाई अबिभावकत्त्व निर्बाह गरी एैतिहासिक चिसापानी ढुङगेधारा पुनर्जिबित गराईदिन भन्दै कांग्रेसको तर्फबाट ईकाई सभापति प्रकाश पराजुली, माओबादीको केन्द्रको तर्फबाट वडा संयोजक कृष्ण बहादुर थापा र रा प्र पा को तर्फबाट ईकाइ अध्यक्ष माधव कार्कीले सयुक्त रुपमा हस्ताक्षर गरी ज्ञापन पत्र बुझायका हुन !


वडा नगरपालिका हुँदै जिल्लासम्म बोधार्थ बुझाईने र सुनवाई नभय सयुक्त आन्दोलनको कार्यक्रम अगाडि सारीने बताउदै कांग्रेस ईकाई सभापति प्रकाश पराजुलीले पुरातात्विक र सास्कृतिक धरोहर मास्ने अधिकार वडा अध्यक्ष लक्षमण रोक्कालाई नभयको ईमाडोल खबरलाई बतायका छन !





