सत्ता साझेदारी दल नेपाली कांग्रेसको अवरुद्द महाधिबेशन कहिले होला भन्ने आम कांग्रेसी जनताको जिज्ञासाको जवाफ यतिबेला कसैसँग छैन !
सर्बोच्च अदालतको फैसला बोकेर बालुवाटार छिरेको कांग्रेसी अहिले सरकारको नेत्रित्त्वको गुलियोमै भुलेको देखिन्छ !
लाखौं कार्यकर्ताहरु पार्टिभित्र नयाँ नेत्रित्त्वको पर्खाइमा छन भने पार्टिसभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा भने अधिबेशनका बिषयमा नाजवाफ जस्तै बनेका छन ! न उनी अहिले हुँदैन भन्न सक्छन न मिती तय गर्न सक्छन -“पार्टिका एक सकृय कार्यकर्ताले भने ”
५३ साल देखी बिधार्थी राजनीतिमा होमियर तरुणदल हुँदै बिभिन्न भात्री संगठनबाट सकृय रहदै नेपाली कांग्रेसको १२ औँ महाधिबेशन मार्फत काठमान्डौ महानगरपालिका ३ को सभापती भैसकेका महासमिती सदस्य राजेश अधिकारिले १४ औँ महाधिबेशनको आनिस्चितताका बिषयमा एकातिर देसको बिसम परिस्थिती (कोभिड) र अर्कोतिर सर्बोच्चको नजिरलाई मानेर अघी बढ्नुपर्ने बाध्यता कांग्रेससँग भयकोले श्राबण २४ अघी सुन्य समय सुरु हुनेमा आफु ढुक्क रहेको बतायका छन !
नेपाली कांग्रेस स्थानिय तह समन्वय बिभागका केन्द्रिय सदस्य समेत रहेका गणेश बस्नेतले भने पूर्व निर्धारित समय गुज्रिसकेको हुनाले अब परिपक्क निर्णयमा सभापती पुग्नुपर्नेमा जोड दियका छन !
चाहना योग्यता र क्षेमताका आधारमा आधारभुत तहबाटै जनप्रिय ब्यक्ती अबको नेत्रित्त्वमा आउनुपर्ने बिचार राख्ने यि नेता सोलुखुम्बुको कांग्रेसी राजनीतिमा लोक प्रिय छन !



