15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क उठाउँदै

काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट असुलेका छन् । मेडिकल कलेजहरूले एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीसँग परीक्षा शुल्कका नाममा १० हजार रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएका हुन् । थप शुल्क नबुझाए परीक्षामा बस्न नदिने धम्की दिने गरिएको विद्यार्थीले गुनासो गरेका छन् ।

काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेज, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, देवदह मेडिकल कलेज रूपन्देही र लुम्बिनी मेडिकल कलेज पाल्पाले अतिरिक्त शुल्क उठाएको बिल कान्तिपुरले प्राप्त गरेको छ । नेपाल मेडिकल कलेजका विद्यार्थीले बढी शुल्क लिएको विषयमा चिकित्सा शिक्षा आयोगमा समेत उजुरी दिएका छन् ।केयूका मेडिकल कलेजहरूले आयोगले तोकेको शुल्क बुझाउने किस्ता प्रणाली पनि उल्लंघन गरेको विद्यार्थीको भनाइ छ । ऐनमा विद्यार्थीबाट शुल्क पहिलो वर्षमा एक तिहाइ र बाँकी रकम वार्षिक रूपमा किस्ताबन्दीमा लिनुपर्ने उल्लेख छ । एमबीबीएसका लागि काठमाडौं उपत्यकामा भित्र ४० लाख र बाहिर ४४ लाख रुपैयाँ शुल्क तोकिएको छ । मेडिकल कलेजहरूले भने तेस्रो वर्षको पढाइ सकिनुअघि नै सबै रकम लिइसक्ने गरेको विद्यार्थीहरू बताउँछन् ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा मेडिकल कलेजहरूले २०७४ पछिका ४ शैक्षिक सत्रमा ३ अर्बभन्दा बढी अतिरिक्त शुल्क उठाएको भेटिएको थियो । नोबेल मेडिकल कलेजले ३५ करोड ४७ लाख, काठमाडौं मेडिकल कलेजले २७ करोड ८१ लाख, नेसनल मेडिकल कलेजले ३२ करोड ५५ लाख र लुम्बिनी मेडिकल कलेजले ३२ करोड ९६ लाख बढी पैसा लिएको प्रतिवेदनमा छ ।

सबैभन्दा बढी गण्डकी मेडिकल कलेजले ४३ करोड ४ लाख ९० हजार रुपैयाँ उठाएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाले ३२ करोड ७२ लाख, नेपालगन्ज मेडिकल कलेजले २१ करोड ९१ लाख, ललितपुरको किस्ट मेडिकल कलेजले ५ करोड ९९ लाख, देवदह मेडिकल कलेजले ३ करोड ८९ लाख ९४ हजार, मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखराले १० करोड ९ लाख, विराट मेडिकल कलेज विराटनगरले १९ करोड ९ लाख, कलेज अफ मेडिकल साइन्स भरतपुरले १० करोड ६१ लाख ठगी गरेको केन्द्रको ठहर छ ।

मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क उठाउँदै

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar