15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

आचार्य चाणक्यका जीवन उपयोगी ज्ञानहरू

– त्यो ठाउँमा एक पल पनि बस्नु उपयुक्त हुँदैन जहाँ आफ्नो इज्जत हुँदैन, आफ्नो जीविका चलाउन सकिँदैन, जहाँ कोही पनि साथीहरू छैनन् र जहाँ व्यावहारिक ज्ञानको कुरा गर्ने कोही छैन ।

– ऋण, शत्रु र रोगलाई कहिलै पनि सानो सम्झिनु हुँदैन । सकिन्छ भने त यी सबैलाई सधैंको लागि समाप्त गरिदिनु उत्तम हुन्छ ।

– आलसी मनुष्यलाई न त वर्तमानको केही जानकारी हुन्छ न त भविष्यको कुनै लक्ष्य नै ।

– जो मेहनती छ,  ऊ कहिलै पनि गरिब हुँदैन । जसले भगवानलाई सधैं याद राख्छ उसको मनमा कुनै पापी भावना नै आउँदैन । किनकि दिमागबाट नै सचेत व्यक्ति सधैंभरि निडर हुने गर्छ ।

– राम्रो आचरणले दु:खहरूबाट मुक्ति मिल्छ ।  विवेकले अज्ञानतालाई मेटाउने क्षमता राख्छ र जानकारीले भयलाई दुर गर्न सहयोग गर्छ । त्यसैले यी ३ विषय जानकारीमा राख्नुपर्छ ।

– संकटको समयमा सधैंभरि बुद्धिको नै परीक्षा हुन्छ र बुद्धि नै हाम्रो काममा आउँछ ।

– अन्नका अलावा कुनै पनि धनको कुनै मूल्य हुँदैन । भोकभन्दा ठूलो शत्रु अरू केही हुँदैन ।

– विद्या नै निर्धनको धन हो । यो यस्तो किसिमको धन हो जसलाई कहिलै पनि चोर्न सकिँदैन । यो अरूलाई बाँड्दा आफैँमा थपिँदै जान्छ ।

– कुनै पनि कार्य गर्नुपूर्व यी ३ प्रश्न आफैँले आफैँलाई सोध्ने गरौं । यो काम म किन गरिरहेको छु । यसको परिणाम के हुन सक्छ । के यो काममा म सफल हुन सक्छु ? यदि यो सोच्दा हामीले यसको उत्तर पाउन सकेनौं भने यसलाई छाड‍्दिनु नै ठीक । यदी यसको उत्तर पाइन्छ भने तपाईं सही दिशामा हुनुहुन्छ ।

– अरूको धनको लालच गर्नु व्यक्तिको नासको कारण बन्ने गर्छ ।

– व्यक्ति सधैं राम्रो गुणद्वारा उच्च हुनुपर्छ । उच्च स्थानमा बसेर कुनै पनि व्यक्ति ठूलो हुँदैन ।

– सधैं खुसी हुनु पनि दुस्मनको दु:खको कारण बन्ने गर्छ । त्यसैले सधैंभरि खुसी हुनु सबैको लागि सजाय दिनु बराबर हो ।

– आफ्नो जीवन वा परिवारको गहिरो राज कसैलाई पनि बताउनुहुन्न किनकि व्यक्ति समय आएपछि त्यही कमजोरीलाई आफ्नो हतियार बनाउने गर्छ र त्यो राज अर्कोको सामु खोलिदिन सक्छ ।

– बुद्धिमान व्यक्ति यदि कुनै मुर्ख व्यक्तिलाई सम्झाउने प्रयास गर्छ भने यसको मतलब हो ऊ स्वयं‌ले समस्या खडा गरिराको छ ।

–त्यस्तो मान्छेलाई मद्दत गर्नु व्यर्थ कुरा हो जो सधैंभरि नकारात्मक भावबाट युक्त हुन्छ । किनकि यस्ता मान्छेहरू प्रयास गर्न छाडेर अरूलाई या परिस्थितिलाई दोष दिएर उदास भएर बस्छ र लक्ष्यबाट भड्किएर हिँड्छ ।

– मनले सोचेको काम कुनै अरू व्यक्तिलाई सुनाउनु आफैँमा हाँसोको पात्र बन्नु बराबर हो । मनमा लागेको कुरा आफ्नै मनमा सीमित राख्नु र काम फत्ते भएपछि मात्रै अरूलाई सुनाउनु नै उपयुक्त हुन्छ ।

आचार्य चाणक्यका जीवन उपयोगी ज्ञानहरू

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar