सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा थप २२११ जनामा कोरोना संक्रमणमुक्त भएका थिए ।
मंगलबार २६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् । १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना तथा एन्टिजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हो ।



