15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

सानेपामा बारा कांग्रेसको धर्ना

आइतबार, असार २७

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बाराका नेता तथा कार्यकर्ताले धर्ना दिएका छन्। क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दैआज देखि केन्द्रीय कार्यालय अगाडि धर्ना सुरू गरिएको छ। कांग्रेस बाराका चारवटै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन

धर्नामा नेता रामअयोद्याप्रसाद यादव, लालबाबु सिंहलगायत पनि छन्। आफूहरूले न्याय नपाउन्जेल धर्ना जारी राख्ने उनीहरूको भनाइ छ।क्षेत्रीय र जिल्ला सभापतिले प्रक्रिया नपुर्‍याई क्रियाशील दिएको भन्दै उनीहरू धर्नामा बसेका छन्। पार्टी कब्जा गर्ने नियतले क्रियाशील वितरण गरेको आरोप उनीहरूको छ।अवैध क्रियाशील सदस्यता खारेज गर्नुपर्ने माग उनीहरूले राखेका छन्। वडा कार्यसमितिको निर्णयविना क्रियाशील दिइएको पनि उनीहरूको भनाइ छ।केन्द्रीय छानबिन समितिबाट रोकिएको १३ औं महाधिवेशनमा छुट भएका १६६ जनाको नामावली र सो बराबरको नयाँ क्रियाशील सदस्यता खारेज गर्न पनि उनीहरूको माग छ। 

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar