दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकारले संविधान कार्यान्वयनमा निकै महत्त्वपूर्ण काम गरेको बताएका छन् ।मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकारबाट बाहिरिनु पर्दा आफूलाई रत्तीभर चिन्ता नरहेको बताए । उनले ‘जनादेशले होइन, परमादेशका कारण आफू सरकारको जिम्मेवारीबाट बाहिरिनुपरेको’ टिप्पणीसमेत गरे ।
ओलीले देश र जनताप्रति सम्पूर्ण निष्ठा र इमानदारिताका साथ समृद्धि, सुशासन, विकास, जनतामा सेवा सुविधा पु¥याउने कुरालाई ध्यानमा राखेर काम गरेको पनि दाबी गरे ।३ वर्ष ५ महिना हाराहारीको आफ्नो कार्यकालमा संविधान कार्यान्वयन, सङ्घीय प्रणालीको संस्थागत विकास, मुलुकको सामाजिक आर्थिक रूपान्तरण र विकास, सामाजिक न्याय, सुरक्षा, राष्ट्रियताको रक्षा र सुशासनका क्षेत्रमा दूरगामी महत्त्वका काम गरिएको पनि उनले बताए ।
राजनीतिलाई सुविधा, भागबन्डाको विषयका रूपमा बुझ्ने र बुझाउने गरिएको परिस्थितिमा आफूले राजनीतिका नाममा विकास, सुशासनको पहल गर्दा आफ्नै पार्टीभित्रबाट घेराबन्दी र आक्रमणको सिकार हुनु परेको दुखेसो पनि उनले पोखे ।आफ्नो कार्यकालमा संविधान पूर्ण रूपमा कार्यान्वयनमा आएको दाबी गर्दै उनले सङ्घीयता पनि संस्थागत भएको बताए i




