15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

शीतलनिवास र बालुवाटारको आवेशको निर्णयलाई सर्वोच्चले सच्यायो : कांग्रेस

२८ असार, नेपाली कांग्रेसले शीतलनिवास र बालुवाटारको आवेशको निर्णयलाई सर्वाेच्च अदालतको फैसलाले सच्याएको प्रतिक्रिया दिएको छ । संविधानविपरीत हुने गरी एकपछि अर्का प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई सर्वोच्चले सच्याएको कांग्रेसको भनाई छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमलाई सर्वोच्चले सच्याएको प्रतिक्रिया दिए । ‘यो शीतलनिवास र बालुवाटारको आवेशले गरेको निर्णयलाई सर्वोच्चले विवेकसम्मत फैसलाद्वारा सच्याएको छ,’ प्रवक्ता शर्माले अनलाइखबरसँग भने, ‘लिकबाहिर लैजान खोजेको संविधानलाई सर्वोच्चले ट्रयाकमा ल्याएको छ ।’

सर्वोच्च अदालतले सोमबार संसद विघटन गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar