15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

शशांक निवासमा तीन कोइरालाको लञ्च मिटिङ

२ साउन,नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्न छलफल शुरु भएको छ ।१४ औं महाधिवेशनमा कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वमा दावी गर्दै तयारी तीव्र पारेका छन् । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नेताहरुबीच सहमति नभए आफू नेतृत्वमा दावी गर्ने बताउँदै आएकी छन् कोइराला परिवारका यी तीन जना नै एकजुट नहुने अवस्था आएपछि परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास शुरु भएको हो ।  शनिबार दिउँसो शशांक निवास महाराजगञ्जमा शेखर, शशा‌क र सुजाताबीच खानासहितको बैठक शुरु भएको छ ।

संस्थापनइतर समूहबाट सभापतिका आधा दर्जन बढि आकांक्षी देखिएका छन् । तर कोइराला परिवारभित्रबाटै शेखर र शशांकले सभापतिका लागि बलियो उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आएका छन् ।महामन्त्री कोइरालाले आफूहरुबीच सहमतिमा एउटा मात्रै उम्मेदवार बन्ने बताउँदै आएका छन् । शेखरले भने आफू कुनै पनि हालतमा पछि नहट्ने अडान लिँदै आएका छन् । १४ औं महाधिवेशनमा नेतृत्वका लागि दोहोरिन कांग्रेस सभापति शेरबहादुर देउवाले तयारी अगाडि बढाइसकेका छन् ।संस्थापन समूहबाट उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर संस्थापन समूहबाट निधिका पक्षमा नेताहरु खुलेका छैनन् ।

यसअघि उपसभापति निधिकै पहलमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच तीन पटक छलफल भएको थियो । कांग्रेस संस्थापक नेताहरु वीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्र नेतात्रयबीच सर्वसम्मत उम्मेदवार तय गर्न आलोपालो तीनै नेताका निवासमा छलफल भएको थियो तर उनीहरुबीच नेतृत्वमा सहमति हुन सकेन ।

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar