२७ असार, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बीपी प्रतिष्ठानमा भएको अनियमितता लगायतको छानबिन गर्नुपर्ने माग गर्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नागरिक समाजका अगुवा युग पाठक, नरेश ज्ञवाली, छम गुरुङसहित बीपी प्रतिष्ठानका विद्यार्थीहरु कुम्भराज जोशी, प्रशान्त लगायतलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो ।
बीपी प्रतिष्ठान सुधारको माग गर्दै चिकित्सक, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजले चार सातादेखि आन्दोलन गर्दै आएका छन् । आन्दोलनरत् पक्षले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारी बर्हिगमनलाई बटमलाइन बनाएका छन् ।वार्ताबाट निकासका लागि चासो नदिइएपछि जारी आन्दोलन काठमाडौंसम्म आइपुगेको हो । प्रतिष्ठान सुधारको माग गर्दै नागरिक समाजले प्रदर्शन गरिरहेको छ i




