9.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

बिवाहपछि डिलिट गरौं यी कुरा, नभए दाम्पत्य जीवन धरापमा पर्छ

बिवाहपछि एउटा युवती र युवा आपसमा पती-पत्नी हुन्छन् । उनीहरुले आ-आफ्ना रहर, इच्छा, आकंक्षा, वाध्यता, समस्या सबैलाई साझेदार गर्नुपर्छ । दुबैले आपसी जिम्मेवारी र दायित्व सराबरी लिनुपर्छ ।

भनिन्छ, बिवाह आफैमा सम्झौता पनि हो । दुबैले आ-आफ्नो निजी स्वार्थ त्याग गर्न सक्नुपर्छ । र, त्यसबाट सामूहिक खुसी खोज्नुपर्छ । यस्तो खुसी, जसले पति-पत्नी दुबैलाई खुसी तुल्याउँछ ।

बिवाहपछि दम्पतीबीच सामान्य कुरामा मन मिल्दैन । कतिपय चाहाना र इच्छाहरु बाझिन्छन् । यी स्वभाविक र सामान्य हुन् । सामान्य मान्नुपर्छ पनि । यस्तै ठाकठुक, बैचारिक मतभेद आदिबाट माझिदै दाम्पत्य जीवन अगाडि बढ्छ ।

तर, बिवाह लगत्तै कतिपय कुरामा भने समझदार हुनैपर्छ । पति वा पत्नीले आफ्नो दम्भ होस् वा आकंक्षा त्याग्नुपर्छ । त्यस्तै कतिपय आनीबानी पनि त्याग्नुपर्छ, जसले दाम्पत्य जीवनमा खटपट ल्याउँछ । के हुन् त ति आनीबानी ?

१. विवाहको खर्च

परम्परागत तवरबाट हुने कुनै पनि बिहेमा धेरथोर खर्च भइहाल्छ । तर, विवाहमा भएको खर्चलाई लिएर दैनिक श्रीमान-श्रीमतीबीच छलफल र बहस हुनु राम्रो होइन । यसले सम्वन्धलाई राम्रो गर्दैन । बरु, यसबेला बढेको आर्थिक व्ययभारलाई परिपूर्ति गर्नका लागि दुबैको सहयोगी सहकार्य आवश्यक हुन्छ । बिवाहको बेला धेरै खर्च भएको हुन्छ, त्यसैले बिवाहपछि अनावश्यक सपिङ गर्ने, घुमफिर गर्ने जस्ता खर्च बढाउने काममा नियन्त्रण गर्नुपर्छ ।

२.नातेदारमाथि मजाकः

न श्रीमानले न श्रीमतीले एक-अर्कापट्टकिा नातेदारमाथि मजाक र व्यंग्य गर्नु शोभनीय हुन्छ । ठट्टाको रुपमा पनि यस्तो कुराहरु पाच्य हुँदैनन् । कतिले एकअर्काको आफन्त, इष्टमित्रको कुरा काट्छन् । यस्तो प्रवृत्तिले दुबैको सम्बन्धलाई धरापमा पार्छ ।

३. पूर्वप्रेमीसँग तुलना

यस्तो  त कदापी गर्नु हुँदैन । आफ्नो श्रीमान वा श्रीमतीलाई पूर्व प्रेमी-प्रेमिकासँग तुलना गर्न थालियो भने वैवाहिक जीवनमा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

४. साथीहरुको आलोचना

श्रीमान र श्रीमती दुवैले एक-अर्काका साथीहरुको बारेमा अनावश्यक नकारात्मक टिप्पणी गर्नु हुँदैन ।

५. काम तोक्ने

कहिलेकाहीँ श्रीमान वा श्रीमतीले कुनै पनि कामलाई तेरो वा मेरो भन्दै पन्छाउने गरेको पाइन्छ । तर वैवाहिक जीवनमा प्रवेश गरिसकेपछि कुनै पनि काममा एक-अर्काको सहयोगी बन्न सक्नुपर्छ । अन्यथा असन्तुष्टीले डेरा जमाउन सक्छ ।

६. अनावश्यक अपेक्षा

कतिपयले पति वा पत्नीबाट बढी नै अपेक्षा गरेका हुन्छन् । हरेक कुरा आफुले सोचेजस्तै ठिकठाक हुँदैन । त्यस्तो अवस्थामा कसैमाथि गुनासो गर्नु सहि हुँदैन । यस्ता कुराहरु विस्तारै आफै परिस्कृत हुँदै र माझिदै जाने कुरा हो ।

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar