9.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

बर्षायाममा के खाने, के नखाने ?

बर्षायाममा छालाको संक्रमण, अपच, पखला जस्ता समस्याले पनि सताउँछ । भनिन्छ, यतिबेला हाम्रो पाचन यन्त्र पनि कमजोर हुन्छ । त्यसैले कतिपयले माछा–मासु सेवन गर्दैनन्, यसबेला । आर्युवेदका अनुसार बर्षा ऋतुमा सूर्य उत्तरायण हुन्छ, जसको प्रभाव मानव शरीरमा पनि पर्छ । त्यसैको प्रभावले शरीर कमजोर हुन्छ, पेट सम्बन्धी समस्या हुन्छ ।बर्षायाममा ग्याष्ट्रिकको संभावना पनि बढी हुन्छ । पित्त दोषको संचय हुन्छ, जसले शरीरमा कतिपय समस्या निम्त्याउन सक्छ । त्यसैले बर्षायाममा खानपान र जीवनशैली सन्तुलित एवं स्वस्थ्य हुनुपर्छ ।

बर्षायाममा पिउने पानी सामन्यभन्दा बढी भारी हुन्छ, जसले शरीरको मोटाबोलिज्मलाई कमजोर बनाउँछ । यस समयमा भोक पनि कम लाग्छ । यहि कुरालाई ध्यानमा राखेर यस्तो आहार सेवन गरौ ।

-हल्का तथा सादा खानेकुरा सेवन गरौ । चामल, जौ, गहुँ आदिबाट बनेको आहार लिनुपर्छ ।

-गाइको घिउ, कम वोसोयुक्त मासु, दाल, हरियो चना, चामल तथा गहुँबाट बनेको व्यान्जनलाई आफ्नो नियमित आहारमा सामेल गरौ ।

-खानासँग थोरै बीरे नुन र अदुवा आवश्य सेवन गरौ ।

-सकेसम्म उसिनेको सब्जी सेवन गरौ ।

– उमालेर सेलाएको पानीमा मह हालेर सेवन गरौ ।

-काँचो खानेकुरामा परहेज गरौ । यो सिजनमा सलाद त्यती लाभदायक मानिदैन ।

– धेरै पेय पदार्थ पिउनबाट बचौं ।

कस्तो हुनुपर्छ दिनचर्या

आहारका साथै सहि दिनचर्या पनि एकदमै जरुरी छ । बर्षाको मौसम आएपछि आफ्नो दिनचर्यामा यस्तो परिवर्तन आवश्यक हुन्छ ।

-दिउँसो सुत्न हुँदैन । यसले पाचन यन्त्रलाई असर गर्छ र मोटाबोलिज्मलाई धीमा गर्छ ।

-आफ्नो आसपासको क्षेत्रमा सधै सफा राखै । कहि पनि पानी जम्न नदिने ।

-जब शरीरको तापमान कमजोर हुन्छ, भाइरसले तिब्र आक्रमण गर्छ । शरीरलाई सधै न्यानो राखौ ।

-फोहोर पानीबाट बचौ । खुट्टालाई ओसिलो राख्न हुँदैन ।

– घर बाहिर घाममा धेरै समय बस्नु तथा काम गर्नु हुँदैन । मध्यन्हको समय बाहिर निस्कनु हुँदैन ।

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar