24.6 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

जोन्सन एण्ड जोन्सनको खोप साउन ४ गतेदेखि लगाइने, यी हुन् खोपकेन्द्र

२९ असार, अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाका ४४ वटा खोप केन्द्रबाट साउन ४–६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

अमेरिकाबाट सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५०–५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय गरिसकेको छ ।

यसैगरी उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ ।मंगलबारदेखि सुरु भएको भेरोसेलको पहिलो डोज खोप कार्यक्रम सञ्चालन भएकै ४४ वटा खोप केन्द्रबाट जोन्सन एण्ड जोन्सनको खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ ।

काठमाडौं महानगरपालिकाको हकमा भने थप २५ वटासम्म खोप केन्द्र विस्तार गर्न सकिने निर्णय भएको छ

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar