24 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

खुट्टा हल्लाउने बानीले हुनसक्छ हृदयघात

कतिपय मानिसमा खुट्टा हल्लाइरहने बानी हुन्छ । चुपचाप बस्दा वा कसैसँग कुराकानी गरिरहेको बेला यस्ता मानिसमा खुट्टा हल्लाउने बानी हुन्छ । तर यो बानी नभएर एउटा बिरामीको संकेत हो ।सामान्यतः सबै मानिसले खुट्टा हल्लाउने गर्दछन् । धेरैले यसलाई बानी व्यवहार माने पनि विशेषज्ञ भने बिरामीको संकेत मान्दछन् ।यसरी खुट्टा हल्लाउने बानी भएकामा हृदयाघात हुने खतरा बढी हुन्छ । चिकित्सा विज्ञानमा खुट्टा हल्लाउने बानीलाई ’रेस्टलेस लेग सिन्ड्रोम’ भनिन्छ । खुट्टा हल्लाउने बानी प्रत्यक्ष रूपमा निद्रा कम लाग्ने समस्यासँग समेत जोडिएको हुन्छ ।

हार्वर्ड मेडिकल स्कुल, बोस्टनका प्रमुख अनुसन्धानकर्ता डा. जोन डब्लू विकलम्यानका अनुसार ’खुट्टा हल्लाउने बानीले पीडित व्यक्तिहरूमा हृदयाघातको खतरा दुई गुणाले बढ्ने गर्दछ । यस्ता व्यक्तिले निदाउनु भन्दा पहिले दुई सयदेखि तीन सय पटकसम्म खुट्टा हल्लाइसकेका हुन्छन् । खुट्टा हल्लाउनाले रक्तचाप र मुटुको चाल बढ्छ । पछि गएर यो मुटुको रोगको सबैभन्दा ठूलो कारक समेत बन्न सक्छ ।अनुसन्धानकर्ता डा. विकलम्यानले यो नतिजा ३ हजार ४ सय व्यक्तिमा अध्ययन गरेर निकालेका हुन् । अध्ययनमा सामेल व्यक्तिहरूको औसत उमेर ६८ वर्ष थियो । तिनको खुट्टा हल्लाउने समस्या र मुटु रोगबीच तुलनात्मक अध्ययन गरियो ।

सात प्रतिशत महिला र तीन प्रतिशत पुरुषमा खुट्टा हल्लाउने समस्या र मुटु रोगको प्रत्यक्ष सम्बन्ध रहेको पाइयो । यति मात्र नभई, खुट्टा हल्लाउने बानी पनि भएका र बढी उमेर, बढी तौल, उच्च रक्तचाप र धूमपानको अम्मल पनि भएका व्यक्तिहरूमा हृदयाघातको जोखिम झन् बढी हुने गरेको पाइयो ।

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar