15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को निरीक्षण गरेका छन् ।सो अवसरमा उनले कोभिड–१९ का सङ्क्रमितको अवस्था, अक्सिजन प्लान्ट, अस्पतालका भौतिकपूर्वाधार बारे जानकारी लिए ।उनले कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न अस्पताल प्रशासनलाई निर्देशन पनि दिए । “अब आउने सक्ने सङ्क्रमणलाई मध्यनजर गरी सबै तयारी पूरा गर्नुहोस् । अब बिरामीलाई कुनै समस्या नपर्नेगरी काम गर्नुहोस्”, उनले भने, “अब सबै बिरामीको निःशुल्क उपचार गर्नेगरी पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्नुपर्दछ ।”

मन्त्री श्रेष्ठले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिनुभयो । मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।सचिव अर्यालले कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी सबै तयारी थालेको बताए । कार्यकारी निर्देशक डा.गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताए ।

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar