24 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

कहिले खुल्छन् विद्यालय ?

२७ असार,। नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन वित्न लागिसक्यो । तर लाखौं विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । शहरी क्षेत्रमा अनलाइन लगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई पठनपाठनमा जोड्ने प्रयास भइरहे पनि ग्रामिण क्षेत्रमा त्यो पनि हुन सकेको छैन ।कोभिड–१९ को दोस्रो लहर केही कम भए पनि अझै नियन्त्रणमा आइसकेको छैन । अहिले पनि दैनिक २ हजार आसपासमा नयाँ संक्रमित भेटिने गरेको छ भने जनस्वास्थ्य विज्ञहरुले तेस्रो लहर आउन सक्ने चेतावनी पनि दिएका छन् ।

कोरोना महामारीका करण शैक्षिक सत्र २०७७/७८ मा पनि मुस्किलले केही साता विद्यालय खुलेको थियो । दोस्रो लहर आएपछि मध्य वैशाखबाट दुई महिना देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइयो । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाइएको छ । होटल, रेष्टुराँ, सार्वजनिक यातायात सबै खुलेका छन् । तर विद्यालयहरु कहिलेबाट र कसरी खोल्ने कुनै टुंगो छैन ।

विद्यालय सञ्चालन तथा बन्दको अधिकार स्थानीय तहको भए पनि केन्द्र सरकारले नै निर्णय गर्दै आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक शिक्षामा नै जोड दिएको छ । विद्यालय खोल्नेबारे कुनै निर्णय गरेको छैन ।

काठमाडौं उपत्यकाका साथै ठूला शहरहरुमा साउनसम्म विद्यालयमा भौतिक रुपमा पठनपाठन सम्भव नभएको स्थानीय तहका अधिकारीहरु बताउँछन् । एकाध स्थानीय तहले भने साउन १ बाट पठनपाठन सुरु गर्ने बताएका छन् ।

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar