15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

ओलीका खराब काम नयाँ सरकारले सच्याउनुपर्छ : कांग्रेस नेता सिंह

२९ असार, नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खराब काम सच्याएर अघि बढ्न नयाँ सरकारलाई सुझाव दिएका छन् ।सर्वाेच्च अदालतको फैसलापछि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त हुँदैछन् । नेता सिंहले ओलीले गरेका खराब कामलाई नयाँ सरकारले सच्याउनुपर्ने बताए ।तीन वर्षमा ओलीले गलत शासनका नाममा फोहोर डंगुर थुप्रिएको छ,’ मंगलबार धुलिखेलमा आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘ओलीले जति पनि खराब काम गरेका छन्, त्यसलाई करेक्सन गरेर नयाँ सरकार जानुपर्दछ ।’उनले ओली सरकारको गलत कामको भारी बोकिरहे कांग्रेसलाई आउँदो निर्वाचनमा घाटा हुने बताए ।

नेता सिंहले ओलीको अधिनायकवादी शैलीविरुद्ध उभिन निरन्तर दवाव दिएपछि देउवा प्रधानमन्त्री बन्ने अवस्था आएको उल्लेख गरे । ‘उहाँ (देउवा) त शुरुमा चुपचाप हुनुहुन्थ्यो, हामीले नै ओलीको अधिनायकवादविरुद्ध उभिन घचघच्याएपछि आज यो अवस्था आएको हो,’ उनले भने, ‘पार्टी सञ्चालनप्रति देउवासँग हाम्रो असन्तुष्टि हो । तर संविधान र लोकतन्त्र जोगाउन कांग्रेस सरकारमा सहभागी हुनुपर्ने आवश्यकता आयो ।’नेता सिंहले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने दावी गरे । महाधिवेशनबारे विभिन्न भ्रम फैलाउने काम भइरहेको भन्दै संवैधानिक व्यवस्था अनुसार पनि तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिए

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar