24 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

एमाले र जसपाको असन्तुष्ट समूह नयाँ दल दर्ताको तयारीमा

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । अध्यादेश अनुसार अब २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहेमा  दल फुटाउन सक्नेछन् ।

यसअघि ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुगेको अवस्थामा दल विभाजन गर्न प्रावधान थियो । उक्त प्रावधानलाई खुकुलो पार्दै नयाँ अध्यादेशले अब दलहरूलाई विभाजनका लागि सहज बनाएको हो । यो अध्यादेश जारीसँगै अब एमाले र जनता समाजवादी पार्टी फुटका लागि बाटो खुलेको छ । पार्टी विभाजनका लागि एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूह तयारी अवस्थामा छ ।

जसपाको ठाकुर समूहले पार्टीको नाम नै तय गरिसकेको छ । ठाकुर समूहका नेता शरतसिंह भण्डारीका अनुसार पार्टीको नयाँ नाम ‘जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक’ हुनेछ । पार्टी अध्यक्ष ठाकुर रहनेछन् । दलका अन्य पदाधिकारी र केन्द्रीय सदस्य अनि संगठन संरचनाबारे पनि छलफल जारी रहेको छ ।

त्यस्तै, एमालेको माधवकुमार नेपाल पक्षले पनि नयाँ राजनीतिक दल दर्ताको तयारी थालेको छ ।

एमाले र जसपाको असन्तुष्ट समूह नयाँ दल दर्ताको तयारीमा

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar