15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

एमाले कार्यदल विघटन, देउवाको विपक्षमा उभिन निर्देशन

नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ ।नेपाल पक्षका केही सांसदहरुले विश्वासको मत दिन्छौं भनेका छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रवक्ता ज्ञवालीले भने, ‘विश्वासको मतमा मतदान हुने दिन पार्टीले थप भन्ला । अहिले हाम्रो स्थायी कमिटीको निर्देशन सबैलाई यो सरकारको विपक्षमा उभिने, प्रतिपक्षी भूमिकामा रहने हो ।’

उनले अघि भने, ‘पक्षमा उभिन कोही साथीहरु चाहनुहुन्छ भने सर्वोच्चले ढोका खोलिदिएको छ कारबाही गर्न पाइँदैन भनेर । त्यो उहाँहरुले गर्नुहोला । हामी प्रतिपक्ष हौं, प्रतिपक्षमा रहन्छौं ।’

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar