24 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

इसेवाबाट कुनैपनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबारदेखि असार मसान्तसम्म लागु हुनेछ ।यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन ।डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

उनले भने ‘इसेवाले जहिले पनि प्रयोगकर्ताहरूको हितमा काम गरिरहेको हुन्छ । अहिले कोभिड महामारीको अवस्था छ । अहिले असार मसान्त भएको हुनाले  बैंकको किस्ता तिर्नुपर्ने पनि हुन सक्छ । अर्कोतर्फ डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा थोरै भएपनि लाभ होस् भन्ने उदेश्यले हामीले निशुल्क किस्ता तिर्न सकिने सुविधा दिएका हौँ ।’मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब एक लाख १० हजार  भन्दा बढी एजेन्ट -ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।इसेवाबाट इन्स्योरेन्सको पि्रमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar